गोरखाका एक जना कोरोना संक्रमित निको भए

२०७७ जेष्ठ ३२ गते, आईतवार

गोरखा । गोरखाको आरुघाट गाउँपालिकाकाका कोरोना संक्रमित युवालाई निको भएको छ । जेठ २३ गते कोरोना संक्रमण पुष्टि भएका आरुघाट गाउँपालिका २ मान्वुका २५ बर्षिय युवालाई निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा उपचाररत उहाँलाई आज डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ । मान्वुका ति युवा नेपाली सेनामा कार्यरत थिए ।