कोरोना रोग संक्रमण र लकडाउन हटेपछि

२०७७ असार १ गते, सोमबार

 बद्री बाहादुर मास्के  ।  गोरखा प्रकृतिले मानव शरिरको संरक्षण गर्ने र नगर्ने दुबैथरि वस्तुहरु उत्पत्ति गरेका छन । हामिले यसलाई चिनेर प्रयोग गर्नुपर्छ, जुनकुरा हाम्रा पुर्वजहरुले कतिपय परिक्षण गरि सकेका छन । प्रकृतिले सहन नसक्ने वातावरण श्रृजना भएपछि अनेकौं उन्सर्गहरु पैदा हुन्छन । त्यहि उत्सर्गको परिणम हो कोभिड–१९ भाईरस । यस्तैगरि प्रकृतिले पैदागर्ने जिवाणु बाहेक पनि अनेकौं उत्सर्गहरु छन । जस्तैः सुनामी, भुकम्प, बाढि, पैरो, हावाहुरि आदी…। अहिले विस्व सामु आएको कोभिड–१९ को मात्र होईन, अन्य कुनैपनि भाईरसको औषधी पत्तालगाउन सकेको छैन । तर यस खालको भाईरसहरुबाट बच्न परापुर्व काल देखि मानिसहरुले विभिन्न उपायहरु अपनाउदै आउने गरेका छन ।

विज्ञहरुको भनाई अनुसार यो सुक्ष्म भाईरस कोभिड–१९ भन्दा दशगुणा सानो अति सुक्ष्म सान (SANS)  नामको भाईरस पनि हुन्छन । जसले गर्दा सन २००३ मा विस्वका धेरै मानिसहरु मृत्यू भएका थिए । यस्तैगरि मानव शरिरलाई नोक्शान पु¥याउने अन्य जिवाणुहरु पनि पृथ्वीमा छन । यि सबै जिवाणुहरुवाट शरिरलाई बचाउन प्रतिरक्षाको उपायहरु अपनाउनु पर्छ । जुनकुरा आदिमकाल देखि मान्छेहरुले अपनाउँदै आएका पनि छन । अझै यसलाई रचनात्मक ढंगले सुरक्षा गर्ने नयाँनयाँ उपायहरु विज्ञहरुले प्रतिपादित गरेका पनि छन । यसलाई हामिले अपनाउँदै जानुपर्छ ।

कोरोना भाईरसका वारेमा विज्ञहरुको फरक फरक धारणाहरु बजारमा आईरहेका छन । जस्तोकिः पकायका खानेकुरावाट कोरोना भाईरस एकअर्कामा सर्दैन । कोरोना भाईरस ड्रपलेट ईन्फेक्सनवाट सर्ने भएको हुँदा खोकि लागेको मान्छेवाट दुईमिटर टाढा मास्क लगायर बस्नु पर्छ । कुनैपनि सामान चारदिन सम्म अपचलन गरिराख्ने होभने पनि योरोग आफै निर्मलीकरण हुन्छन । कसैको भनाई नगदी नोठवाट पनि योरोग सर्नेगर्छ । फलाम वा काठको सामानवाट पनि योरोग चारदिन सम्म सर्छ भन्छन । प्याकेजिङ्ग गरेको बक्सवाट र हात मिलाउँदा पनि सर्नेकुरा बताएका छन आदी आदी…। धेरै विज्ञहरुको कुरा सुन्दा प्रत्यक्ष संपर्क र विरामीले प्रयोग गरेको सामानवाट योरोग सर्नसक्ने प्रमाणीत भएका छन । तसर्थ रोग लाग्न नदिनको लागि प्रतिरक्षाका उपायहरु अवलम्बन गर्नु सबैभन्दा उत्तम उपाय हुन ।

प्रतिरक्षाका उपायहरु भनेको के हो ? जस्तोकिः रोग शंका लागेको व्यक्तिहरुको नजिक वा भिडभाडमा जान नहुने वा काम विशेषले जानैपरेमा मास्क प्रयोग गर्ने र सामाजिक दुरि कायम राख्ने । जथाभावी खानानखाने, हात नमिलाउने, अंकमाल नगर्ने, जथाभावी छोईयको हातलाई तुरुन्त सावुन पानीले धुने वा स्यानिटाईजर प्रयोग गर्ने । सरसफाईमा बढि ध्यान दिने, उमालेको पानी प्रयोग गर्ने, प्रतिरोधात्मक बढाउने खानाहरु खाने (फलफुल, भिटामीन सि यूक्त खानेकुरा), जहाँतहि छुनुपर्ने भएमा पंजा प्रयोग गर्ने, रुमाल छुट्टाछुट्टै प्रयोग गर्ने, एकआपसमा दुई मिटरको दुरि कायम गरि बस्ने आदी आदी…। यसो भएमा कोरोना भाईरस मात्र होईन अन्य धेरै रोगहरुवाट बच्न सकिन्छ ।

हामि सबैलाई थाहाछ, कोभिड–१९ रोग लागेका सबै विरामी मरेका छैनन । अहिले सम्मको रिकर्ड अनुसार धेरै प्रभावित भएको देसमा पनि बढिमा दश प्रतिसत विरामी कोभिड–१९ ले मरेको देखिन्छ । यसरि हेर्दा रोगसंग लड्ने सक्ति (Immunity) नभएका बुढापाका, दिर्घ रोगीहरु मात्र मर्नेगरेको देखिन्छ । तसर्थ, कोरोना भाईरस संक्रमण हुँदैमा मरिहाल्ने होईन रहेछ भन्ने प्रमाणीत भएकोछ । कोरोनाले मरिहाल्ने होईन रहेछ भन्दैमा छाडापन हुनुचाहि हुँदैन । रोगसंग बच्ने उपायहरु  (Precaution)  हरेक समय अपनाउनु ठिक हुन्छ । तसर्थ, सरकारले साबधानीका लािग गरेको प्रचारप्रसारलाई सतर्कता पुर्वक अपनाउनु उचित हुनेछ ।

रोग संग डरायर मान्छेलाई थुनेर  समस्याको समाधान हुने कदापी होईन । नेपाल सरकारले लकडाउन घोषणा गर्नुभन्दा अगाडि नेपालमा कोरोना त्यतिधेरै देखापरेको थिएन । त्यतिबेला सिमानामा कडिकडाउ गरि आउने नेपालीहरुलाई क्वारेन्टाईनको राम्रो व्यवस्था गरि चौधदिन राखेर छाड्नु पथ्र्यो । यसपछि कडाईका साथ १४ दिनमात्र लकडाउन गरेको भएपुग्ने थियो । किनभने, चौधदिन भन्दा बढि कोरोना संक्रमण बाँच्दैन भन्ने प्रमाणीत भएको आधारमा चौधदिन लकडाउन भएपुग्ने भनियको हो । बाहिरवाट कोरोना संक्रमण हुननदिने देसभित्र भएको निंट्यान्न पार्ने भएपछिे देसका जनता सुरक्षित हुनेनै थियो । तर व्यवस्थापन र योजना तर्जुमाको कमजोरिले गर्दा जनता ७२ दिनसम्म कष्टसाथ थुनियर बस्नु प¥यो । यो सास्तीले गर्दा विद्यार्थी र व्यवसायीहरुको मानोवल गि¥यो । यसरि मनोवल गिर्नुमात्र नभै खान नपायर, ऋणको सहुँव्याज तिर्न नसकेर, कतिपयको व्यवसायीहरु आक्रान्त बने । यो लकडाउन भरिमा नेपाल भित्र करिब बाह्रसय व्यक्तिले आत्माहत्या गर्नपुगे । जबकि कोरोना भाईरसले यतिवेल सम्म सोह्रजना मरेका थिए ।

यसर्थ विकसित देसहरुमा मानव अधिकार हनन् हुनसक्ने भनेर लकडाउन नगरि कडाईका साथ सुरक्षित बस्न र प्रतिरक्षा अपनाउन सु–सुचित गरिरहे । रोगसंग भागेर होईन डटेर सामना गर्नुपर्छ भन्ने धारणाले बच्ने उपायहरु सबैले अवलम्बन गरे । यतिमात्र होईन, कुन नागरिकले कति कर तिरेकोछ सोहि अनुसार कामगर्न नपाएका दिनहरुको सबैलाई क्षेतिपुर्ती प्रदान गरेका थिए । विद्यार्थीहरुको पढाईमा बाधा नपरोस भनि विद्यालयहरुले अनलाई कक्षा सन्चालन गरि अध्यावधिक गराएका थिए ।

नेपालमा अहिले कोरोना फैलिन थालेकोछ, तर बाध्य भएर लकडाउन खुकुलो गर्नु परिरहेकोछ । पिसिआर मेसिन थोरैहुँदा ज्यादै सुस्तगतिमा परिक्षण भईरहेकोछ । यसले गर्दा परिक्षण हुननपाएका संक्रमितहरुवाट कोरोना सार्नेकाम अरुतित्र्र हुनसक्ने देखिएकोछ । विसवटा निजि अस्पतालहरुले पिसिआर परिक्षण गर्न पाउँ भनेर सरकार संग स्विकृति मागि रहेकाछन । तर सरकार स्विकृति दिनेकुरामा आलटाल गरिरहेका छन । किनभने संक्रमित रोगको परिक्षण र उपचार सरकारले निशुल्क गर्नुपर्ने संविधानमा उल्लेख छ । भारतवाट आएका नेपालीहरु क्वारेन्टाईनमा राम्रो व्यवस्था नहुँदा  भाग्न थालेका छन । यसो भएमा कोरोना भाईरस भुसको आगो जस्तैगरि फैलिनेसंभावना त्यत्तिकै देखिन्छ ।

अब नेपालको परिस्थिति कस्तो होला भनि आँकलन गर्दा नाजुक स्थितिमा गुज्रन सक्ने करिव पक्का देखिन्छ । किनभने, भारत लगायत वैदेसीक रोजगारमा जाने यूवाहरु प्रायजसो फर्कदैछन । यसले निंत्याउने परिस्थिति भनेको कोरोना भाईरस भित्रिने मात्रनभै रेमिटेन्स नआउने, वेरोजगारको संख्या अरुधेरै बढने हुनेछ । अनि देसले दोहोरो किसिमको मार खेप्नुपर्ने देखिन्छ । अर्कोतर्फ पर्यटकहरु नआउने हुँदा होटेल तथा रेष्टुरेण्टवाट प्राप्तहुने करहरु यसै घट्नेछ । यसरि चौतर्फी घाटाको मार देसले बेहोर्नु पर्ने करिव निश्चित छ । यसको परिणाम सरकारले चौतर्फी दवाव खेप्नुपर्ने संभावना प्रवल देखिन्छ । यसको लागि सरकारले विभिन्न किसिमको उद्योग सन्चालनको वातावरण श्रृजना गरि रोजगारको अवसर प्रदान गर्नुपर्ने हुन्छ ।

विस्व स्वास्थ्य संघको सन्देस अनुसार नेपालमा कोरोना भाईरसको संक्रमण भयावह हुनसक्ने संभावना  देखायकोछ । किनभने नेपालका जनता त्यतिधेरै शिक्षित र अनुशासीत छैनन । तसर्थ, कोरोना भाईरस नियन्त्रणका लागि सरकारले जनतालाई लकडाउनमा थुनेर होईनकि माथि उल्लेख गरिए जस्तै रोग परिक्षण (PCR) सुविधा व्यापक गराउने र रोगसंग बच्ने उपायहरु अवलम्वन गर्नेकुराहरु व्यापक प्रचारप्रसार गर्नुपर्छ । यसरि रोगसंग बच्न उपाय ९एचभअयगतष्यल० मा प्रयोग हुने सरसामान तथा औषधीहरु सहज र सुपथ मुल्यमा उपलब्ध हुने व्यवस्था मिलाउनु पर्छ । किनभन, मर्छुु कि भन्नेडर त सबैलाई मान्छेहरुलाई हुन्छनै ।

माथि उल्लेख भएजस्तै कोरोना भाईरसको संक्रमण नेपालमा फैलिने संभावना करिव निश्चित छ । तर अन्य रोग जस्तै दिर्घरोगी, रोगसंग लड्ने सक्ति गुमायका बुढापाका वा बालबच्चाहरु यसरोगको शिकार बन्ने छन । विकसित देसहरुको तुलनामा नेपालीहरु प्रायजसो रोगसंग जुधिरहेको हुँदा कोरोना संक्रमण संग लड्न प्राय सफल हुनेछन । तैपनि नेपाली उखान “बारबारे तुलफुल जोगिन्छ” अथवा  “Prevention is better than nothing” भनेजस्तै रोकथामका लागि सजग हुनु अत्यावश्यक हुन्छ ।

नेपाली दाजुभाई दिदिबहिनीहरुमा अनुरोध छकि, कुनैपनि कुरालाई हेलचक्राई गर्नु हुँदैन । अहिले सरकारले प्रचार गरिरहेको प्रतिरक्षाका उपायहरु र रोगसंग लड्ने प्रतिरोधात्मक सक्ति आपैmले बढाउनु पर्छ । मानसिक डरचिन्ता आफुवाट हटाउनु पर्छ । यसो भएमा कोरोना भाईरस मात्र होईन अन्य धेरै रोगहरुवाट पनि बच्न सकिने कुरा अवगत गराउन चाहान्छु । धन्यवाद

 

ताजा

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार

खानेपानीको जारमा मरेको भ्यागुतो

२०७८ भाद्र ५ गते, शनिबार

ढिम्की मन्दिरमा १ लाख भक्तजन भेला भए

२०७८ भाद्र १ गते, मंगलवार

कृशलाको हत्यारा सार्वजनिक घरबार बिगारेको भन्दै हत्या गरेको खुलासा

२०७८ श्रावण ३२ गते, सोमबार

कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौँ, निषेधाज्ञामा कडाइ गरिँदै

२०७८ श्रावण ३२ गते, सोमबार

लिम्चुङबुङमा इलाका प्रहरी कार्यालय भवन सिल्यान्यास

२०७७ मंसिर २० गते, शनिबार

जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ : मन्त्री गुरुङ

२०७७ मंसिर १५ गते, सोमबार

रौतामाईमा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ आश्विन २७ गते, मंगलवार

भोर्लेबासीका लागि बरदान भूपू लाहुरे गाउँलेले पाए ३० वर्षपछि सुद्ध खानेपानी

२०७७ आश्विन २४ गते, शनिबार

उदयपुरगढी गाउँपालिकाले पुराना संरचनाहरुको संरक्षण गर्ने

२०७७ आश्विन १० गते, शनिबार