रौतामाईमा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि

भुट्टार, असोज २७
उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा पहिलो पटक दुई जना महिलामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
रौतामाई गाउँपालिका वडा नं.७ को क्वारेन्टाइनमा रहेकी ४० र ४६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
असोज २२ गते मुर्कुचीमा १४ जनाको स्वाब संकलन गरी परिक्षणका लागी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको थियो । उक्त संकलित स्वावमध्ये दुई जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।