ढिम्की मन्दिरमा १ लाख भक्तजन भेला भए

२०७८ भाद्र १ गते, मंगलवार


गाईघाट, भदौ १
उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको ढिम्कि शिव मन्दिरमा साउन महिनाको अन्तिम सोमवारको दिन शिवलाई पुजा आजा गर्ने भक्तजनहरुको भिड लागेको छ । २०७८ सालको साउन महिनामा ५ वटा सोमबार परेको हुनाले मन्दिरमा पुजा गर्न आउने मानिसको संख्या १ लाख बढि आएको मन्दिर ब्यबस्थापन समितीका सहसचिव बद्रिप्रसाद काफ्लेले बताए ।


त्रियुगा नगरपालिका ११ गाईघाटका तुलसा पोखरेल भन्छिन् हिन्दु धर्मअनुसार ५ वटा सोमबार परेको एकदमै राम्रो मानिने भएकाले यस वर्ष ५ वटा सोमबारको व्रत लिय । आफ्नो श्रीमानको आयु लामो हुने,परिवारलाई शुखशान्ति मिल्ने भन्ने विश्वासले मन्दिरमा पुजा गर्न आएकी पोखरेलले बताउँछिन् ।


त्रिनपा १० बोक्से गाईघाटका ओम खड्काको भनाई चाहि यस्तो छ । यस मन्दिरको पुनः संरचनाको लागि,मन्दिरको रक्षाकोलागी विषेश भुमिका खेल्ने ओम खड्काका अनुसार साउन महिना भएकाले शिवको विशेष पुजा आरधना हुने र हिन्दुलगायत सबै महिला तथा पुरुष आएर आफ्नो आस्था राख्ने गरेको बताए । उनको बिचारमा एकआपसमा सद्भाव,एकिकृत,सहनसिल भएर बस्नको लागी नै बनाएको स्थल भनेर मन्दिरलाई खड्का चिन्छन् । सोमबारको ब्रतले उनलाई आत्मासन्तुस्टिको लागी मदत मिलेको बताए ।


त्रियुगा नगरपालिका ११ का स्थानिय राम खड्काका अनुसार धर्म आस्था र विश्वासको कारणले यस मन्दिरमा आउने गरेको र आफुले चाहेको मागेको कुरा पुरा हुने भन्ने कुराको विश्वासका साथ दर्शन गर्न आफु उपस्थीत भएको बताए ।
त्रि.न.पा.११ का बबिता खड्का यस बर्षको साउन महिनाभरि यस मन्दिरमा शिवको आरधना गरेको र आफुले मागेको कुरा पुराहोस् भन्ने मनले मन्दिर आएकी बताईन् ।

ताजा

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार

खानेपानीको जारमा मरेको भ्यागुतो

२०७८ भाद्र ५ गते, शनिबार

ढिम्की मन्दिरमा १ लाख भक्तजन भेला भए

२०७८ भाद्र १ गते, मंगलवार

कृशलाको हत्यारा सार्वजनिक घरबार बिगारेको भन्दै हत्या गरेको खुलासा

२०७८ श्रावण ३२ गते, सोमबार

कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौँ, निषेधाज्ञामा कडाइ गरिँदै

२०७८ श्रावण ३२ गते, सोमबार

लिम्चुङबुङमा इलाका प्रहरी कार्यालय भवन सिल्यान्यास

२०७७ मंसिर २० गते, शनिबार

जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ : मन्त्री गुरुङ

२०७७ मंसिर १५ गते, सोमबार

रौतामाईमा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ आश्विन २७ गते, मंगलवार

भोर्लेबासीका लागि बरदान भूपू लाहुरे गाउँलेले पाए ३० वर्षपछि सुद्ध खानेपानी

२०७७ आश्विन २४ गते, शनिबार

उदयपुरगढी गाउँपालिकाले पुराना संरचनाहरुको संरक्षण गर्ने

२०७७ आश्विन १० गते, शनिबार