खानेपानीको जारमा मरेको भ्यागुतो

२०७८ भाद्र ५ गते, शनिबार

गाईघाट, भदौ ५
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारमा शुक्रबार सिल गरिएको खानेपानीको जारभित्र मरेको भ्यागुतो भेटिएको छ । गाईघाटको डिएमगेट कृष्ण स्टेशनरी पसलसँगै रहेको काल्र्स फार्मेसीका संचालक प्रतिमा चौधरीले दिउँसो मरेको भ्यागुतो फेला पारेकी हुन् । दिउँसो खाजाखाने समयमा खानेपानीको जारको शिल्ड खोल्दा जारभित्र मरेको भ्यागुतो भेटिएको उनले बताईन् । उनी भन्छिन् खानेपानीको जारभित्र मरेको भ्यागुतो भेटिएको छ भने उक्त पानीको जार बाहिर कुनै पनि कम्पनीको स्टीकर टाँसिएको छैन । खानेपानीको जारमा कुनै लोगो पनि नभेटिएको उनका श्रीमानले बताए ।


खानेपानीमा मरेको भ्यागुतो भेटिएपछि उनीहरुले तत्काल जिल्ला प्रशासन कार्यालयमा रिपोट गरेका थिए । जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले तत्काल जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दिलबहादुर धौलाकोटीलाई घटनास्थल पठाई पानीको मुचुल्का उठाएको छ । खानेपानीमा भ्यागुतो भेटिएपछि नासु धौलाकोटीले गाईघाटको खानेपानी उत्पादक रौता खानेपानीका सञ्चालकलाई सम्पर्क गरेर बोलाएका थिए । फोन सम्पर्कमा सञ्चालकले उक्त पानी आफ्नो कम्पनीको उत्पादन नभएको दाबी गरे ।


जिल्ला प्रशासनले घटनास्थलमा बोलाउँदा सञ्चालक आफु जिल्ला सदरमुकाम बाहिर रहेका जानाकारी दिए । मरेको भ्यागुतो खानेपानीको जारमा भेटिएपछि जिल्ला प्रशासनले पानी उत्पादक, बिक्रेतालाई पत्र काटेर बोलाएर कारबाही गर्ने भएको छ ।

ताजा

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार

खानेपानीको जारमा मरेको भ्यागुतो

२०७८ भाद्र ५ गते, शनिबार

ढिम्की मन्दिरमा १ लाख भक्तजन भेला भए

२०७८ भाद्र १ गते, मंगलवार

कृशलाको हत्यारा सार्वजनिक घरबार बिगारेको भन्दै हत्या गरेको खुलासा

२०७८ श्रावण ३२ गते, सोमबार

कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौँ, निषेधाज्ञामा कडाइ गरिँदै

२०७८ श्रावण ३२ गते, सोमबार

लिम्चुङबुङमा इलाका प्रहरी कार्यालय भवन सिल्यान्यास

२०७७ मंसिर २० गते, शनिबार

जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ : मन्त्री गुरुङ

२०७७ मंसिर १५ गते, सोमबार

रौतामाईमा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ आश्विन २७ गते, मंगलवार

भोर्लेबासीका लागि बरदान भूपू लाहुरे गाउँलेले पाए ३० वर्षपछि सुद्ध खानेपानी

२०७७ आश्विन २४ गते, शनिबार

उदयपुरगढी गाउँपालिकाले पुराना संरचनाहरुको संरक्षण गर्ने

२०७७ आश्विन १० गते, शनिबार