स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार

गाईघाट, भदौ ६
वर्षाका कारण पहिरो जाँदा उदयपुरमा पहाडी भेगका कच्ची सडकहरु प्रभावित भएका छन् । २ महिनायतादेखि नियमित वर्षा भईरहेका कारण जिल्लाको उत्तर पहाडी भेगका सडकहर यातायात सञ्चालन हुन नसक्ने अवस्थामा पुगेका हुन् । वर्षाका कारण स्तरोन्नतिको काम भईरहेको गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको रानीबास–फोक्सिन्टार खण्डमा पनि यातायात चल्न नसक्ने अवस्था सिर्जना भएको छ । त्यो सँगै अन्य ाधादर्जन बढी सडकहरुमा गएको पहिरो हटाउन नसक्दा यातायात अवरुद्ध हुन पुगको स्थानीयले बताएका छन् ।
साउन दोस्रो सातादेखि लगभग लगातार वर्षा भईरहेका कारण पनि सडकहरु सञ्चालन हुन नसकेका हुन् । वर्षाका कारण गाईघाटदेखि खाँबु रानीबासबीचको सडक चिरा परेर क्षति पुगेको छ । रानीबासदेखि अँधेरीसम्मको खण्डमा पनि ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध हुन पुगेको स्थानीयको भनाई छ ।


गाईघाट–दिक्तेल सडक कार्यालयले सडक स्तरोन्नतिको जिम्मा पाएको निर्माण कम्पनी, स्थानीयबासी र त्रियुगा नगरपालिकालाई परिचालन गरेर सडक खोल्ने काम गरिरहेको र सुचारु हुदै गएको जनाउको छ ।
सगरमाथा लोकमार्गको त्रियुगा नगरपालिका १५ खाँबु अँधेरीदेखि रौतामाई गाउँपालिका ५ पोखरी हुँदै फोक्सिन्टारसम्मको दूरीमा आधादर्जन बढी ठाउँमा साना ठूला पहिरो गएर सडकमा क्षति पुगेको छ ।
उदयपुर रौता यातायात व्यवसायी संघ गाईघाटका अनुसार पहिरोले ठाउँठाउँमा सडक भत्काएका कारण यातायात सुचारु हुन सकेको छैन । उदयपुर र खोटाङको सीमास्थल फोक्सिन्टारस्थित सुनकोसीमा पक्की पुल नहुँदा बेलिब्रीज जडान गरेर वर्षेनी आउजाउ गर्ने गरिएकोमा हरेक वर्खायाममा जेठदेखि कात्तिकसम्म बाढीको डरले बेलिब्रीज निकाल्ने गरिएको छ ।
बेलिब्रीज निकालेपछि गाईघाट–दिक्तेल सोझो यातायात अवरुद्ध हुने गरे पनि लोकमार्ग सुचारु हुँदा फोक्सिन्टार हुँदै रसुवा र चनौटे भँडारेघाटसम्म गाडीमा गएर झोलुङ्गे पुल तरेर खोटाङ जान आउन सहज थियो । तर, यो वर्ष पहिरोकै कारण गाईघाट–साउने–फोक्सिन्टार यातायात लगभग ठप्प छ । सडकका ठाउँठाउँमा पहिरो गएपछि ठूला बसको के कुरा, मोटरसाईकलसमेत चल्न नसक्ने भएपछि त्यसभेगका जनता गाउँसम्मै सडक पुगे पनि पैदल हिडेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता परेको रौतामाई ३ लाफागाउँका दिपक राईले बताए । राईका अनुसार २ अढाई महिनायता पहिरोले सडक अवरुद्ध गरेपछि यातायात नचल्दा गाउँमा खाद्यान्न र उपभोग्य सामग्रीको अभाव सुरु भएको छ ।


बिगत वर्षहरुमा बेलिब्रीज झिकेपछि दिक्तेलसम्म गाडी चलने पनि गाईघाटका गाडी साउने, खाँबु, फोक्सिन्टार हुँदै रसुवा र चनौटेसम्म आउने गर्दा आउजाउमा खासै समस्या थिएन । तर, यो पटक बेलिब्रीज झिकेको महिनादिन पुग्न नपाउँदै सडकमा पहिरो खसेपछि ट्याक्टरसम्म आउजाउ गर्न नसक्दा उपभोग्य सामग्रीको अभाव खट्किएको राईले बताए ।
सडक अवरुद्ध हुँदा खासगरी चामल, दाल, नुनतेल, मसला र लत्ताकपडाजस्ता उपभोग्य सामग्रीको गाउँमा अभाव भईरहेको अर्का स्थानीय सर्वजित राईले बताए । उनका अनुसार गतवर्षदेखि लोकमार्गलाई स्तरोन्नति गरेर ४ लेनको बनाउने काम भईरहेकाले धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको हो । ‘जताततै सडक बनाउने काम भईरहेको छ, कतै चट्टान काट्ने, कतै नाला बनाउने’ राईले भने ‘टुक्रे योजनाका काम लोकमार्गभरी भईरहेकाले एकठाउँ खसेको पहिरो पन्छाए पनि अर्को ठाउँमा पहिरो जाने गर्दा समस्या परेको हो ।’
सडक कार्यालय गाईघाटका प्रमुख इन्जिनियर (डिई) हरि पोखरेलले पहिले सडकमाथिबाट खसेको ठूलो पहिरो महिनादिनसम्म लगाएर पन्छाइए पनि अरु ३÷४ ठाउँमा साना ठूला पहिरो गएपछि सडक सुचारु गर्न नसकिएको बताए । एक ठाउँको बनाउँदा बनाउँदै अर्को ठाउँमा पहिरो गईहाल्ने भएपछि मर्मत गर्नै सकस परेको उनले बताए ।
पहिरो पन्छाएर यथासिघ्र सडक सुचारु गर्न निर्देशन दिएको र प्राविधिक इन्जिनियरहरुको टोलीले स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर सडक मर्मत कार्य गरिरहे पनि एकपछि अर्को ठाउँमा जाने पहिरोले सडक खोल्न समस्या परेको उनले बताए । वर्षाले जिल्लाका अन्य थुप्रै कच्ची सडकहरु अवरोध भएको छ । पश्चिमतर्फ कटारीदेखि पहाडीभेगतर्फ जाने सडकखण्डको पनि हालत उस्तै रहेको यातायात व्यवसायी बताउँछन् ।
कटारीदेखि लिम्पाटार, ओख्ले, इनामे, रुपाटार, ठानागाउँ जाने कच्ची सडकका जतातते पहिरो गएर सडक अवरोध हुने गरेको छ । त्यस्तै मुर्कुचीदेखि नेपालटार, उदयपुरगढी, सिन्कौले, माझखर्क, बाराहा, जाँते, बाँसबोटे, बलम्ता, ताम्लिछा र लाफागाउँ जाने कच्ची सडकहरु सबै अहिले रोकिएका छन् । यातायात व्यवसायी र स्थानीय मिलेर काम चलाऊ मर्मत गरे पनि पानी रहेसम्म चल्ने र वर्षापछि पुन अवरुद्ध हुने गरेको जीप व्यवसायी होमबहादुर बस्नेतले बताए ।
वर्षा नहुँदा सदरमुकामसँग जोडिएका सबै सडकमा ट्याक्टरर बोलेरो जिप चल्ने गरेकोमा असारयता ठप्प भएपछि जिप र ट्याक्टर व्यवसायी सुख्खाराम हुन पुगेको बस्नेतले बताए । सडक अवरुद्ध भएपछि खाद्यान्न र उपभोग्य बस्तुको अभावसँगै कोही अचानक विरामी परेमा उपचार गराउन पिठ्यँको सहारा लिनुपर्ने खतरा रहेको भन्दै सडक तत्काल मर्मत गराउन सरोकारवाला निकायसँग स्थानीयले माग गरेका छन् ।

ताजा

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार

खानेपानीको जारमा मरेको भ्यागुतो

२०७८ भाद्र ५ गते, शनिबार

ढिम्की मन्दिरमा १ लाख भक्तजन भेला भए

२०७८ भाद्र १ गते, मंगलवार

कृशलाको हत्यारा सार्वजनिक घरबार बिगारेको भन्दै हत्या गरेको खुलासा

२०७८ श्रावण ३२ गते, सोमबार

कोरोना संक्रमणको ‘रेड जोन’मा काठमाडौँ, निषेधाज्ञामा कडाइ गरिँदै

२०७८ श्रावण ३२ गते, सोमबार

लिम्चुङबुङमा इलाका प्रहरी कार्यालय भवन सिल्यान्यास

२०७७ मंसिर २० गते, शनिबार

जनतालाई सही सूचना दिऔँ, पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ : मन्त्री गुरुङ

२०७७ मंसिर १५ गते, सोमबार

रौतामाईमा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ आश्विन २७ गते, मंगलवार

भोर्लेबासीका लागि बरदान भूपू लाहुरे गाउँलेले पाए ३० वर्षपछि सुद्ध खानेपानी

२०७७ आश्विन २४ गते, शनिबार

उदयपुरगढी गाउँपालिकाले पुराना संरचनाहरुको संरक्षण गर्ने

२०७७ आश्विन १० गते, शनिबार