लिम्चुङबुङ गाउँपालिकामा रेविज खोप अभियान सुरु

२०७८ आश्विन १० गते, आईतवार


दिनेश राई
जाँते, असोज १०
‘रेविजको तथ्य बुझौं, त्रसिन अहोऔं’ भन्ने मुल नाराका साथ रेविज बिरुद्धको निशुल्क खोप अभियान सुरु भएको छ । कार्यक्रम लिम्चुङबुङ गाउँपालिकाको आयोजनामा भएको हो ।


वडा तथा बस्तिमा पालेको घर पालुवा कुकुरलाई मध्यनजर गर्दै रेविज भ्याक्सिन कार्यक्रम संचालन गरेको प्रमूख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताए । लिम्बु भन्छन्–‘समयमै भ्याक्सिन दिएपछि कुकुरको टोकाईबाट हुनसक्ने खतरा टर्ने बताउँछन् ।’
ग्रामीण भेगमा जंगल नजिक हुने भएकाले जंगली जनावरलाई मध्यनजर गरेर प्राय सवै घरधुरीमा कुकुर पाल्ने प्रचल रही आएको वडा नं. ५ जाँतेका वडाअध्यक्ष एवम् प्रबक्ता केशर कुमार खड्का बताउँछन् । उनी भन्छन्–‘तराई भेगमा जस्तो कुकुर मार्ने अभियान पहाडी भेगमा असम्भव छ, त्यसैले, रेविज नियन्त्रणका लागि यो कार्यक्रम आयोजना गरेको वताए ।’


कार्यक्रम वडा नं. १ बास्बोटे, वडा नं. २ ताम्लिछा, वडा नं. ३ बाराहा, वडा नं. ४ बलम्ता र वडा नं. ५ जाँतेमा एकैसाथ सुरु भएको गाउँसभा सदस्य गुरुमणी कुमाईले बताए । भने यो अभियान असोज ९ गतेदेखि सुरु भई १० गतेसम्म संचालन हुने जनाईएको छ ।
यो दुईदिने भ्याक्सिन कार्यक्रममा आ–आप्mनो घरमा पालेको घरपालुवा कुकुर लिएर वडा कार्यालयको सम्वन्धित शाखाका कर्मचारीहरुसँग समन्वय गरी अभियान सफल पार्न सवैलाई गाउँपालिका तथा वडा कार्यालयले अपिल समेत गरेको छ ।

ताजा

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

त्रियुगा बसपार्क गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन

२०७८ आश्विन १७ गते, आईतवार

मुलुकी दैनिक असोज १६ गते शनिबारको इ–पेपर ।

२०७८ आश्विन १६ गते, शनिबार

मुलुकी दैनिक असोज १४ गते बिहीबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

मुलुकी खबर दैनिक पत्रिका असोज १५ गते शुक्रबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

जितिया महोत्सव थरुहट रंगशालामा

२०७८ आश्विन १४ गते, बिहीबार

नेपाली काँग्रेस उदयपुरको गाउँ तथा नगरको नेतृत्व टुंगो लाग्यो

२०७८ आश्विन १० गते, आईतवार

लिम्चुङबुङ गाउँपालिकामा रेविज खोप अभियान सुरु

२०७८ आश्विन १० गते, आईतवार

गाईघाट–लिम्चुङबुङ–हलेसी सडकमा सरकारको नजर

२०७८ आश्विन ९ गते, शनिबार

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार