नेपाली काँग्रेस उदयपुरको गाउँ तथा नगरको नेतृत्व टुंगो लाग्यो

२०७८ आश्विन १० गते, आईतवार


बुद्धि कुमार राई
गाईघाट, असोज १०
उदयपुर, असोज ९ नेपाली काङग्रेस उदयपुरको उदयपुरको ४ नगरपालिका र ४ गाउँपालिकाको सभापतिको टुङ्गो लागेको छ ।
शनिबार सम्पन्न निर्बाचनले सबैभन्दा बढी ३८२ जना क्षेत्रीय सदस्य रहेको त्रियुगा नगरपालिकाको सभापतिमा प्रकाश खड्का १९५ मत पाएर बिजयी भए । उनका प्रतिद्वन्दी सुमन चौधरिले १८३ मत पाए । त्रियुगा नगरपालिकाको सभापतीमा बिजयी खड्का हिमाल कार्की टिमका हुन । त्यस्तै चौदण्डीगदी नगरपालिकामा राजेन्द्र पौडेल सभापतिमा बिजयी भएका छन । चौदण्डीगढी नगरपालिकामा १८३ मत मध्ये हिमाल कार्की टिमका बिजयि पौडेलले ९६ मत पाई बिजयी भए । उनका प्रतिद्वन्दी बिदुर बस्नेत टिमका राम कुमार खड्का ७३ मत पाए । १४ मत बदर भएको थियो ।


जिल्लाको बेलका नगरपालिकामा पनि हिमाल कार्की टिमका अशोक कार्की सभापतिमा निर्बाचित भएका छन । १४८ जना छेत्रीय प्रतिनिधि रहेको बेलकामा बिजयी कार्किले ९७ मत पाए भने प्रतिद्वन्दी बाबुराम थापाले ४८ मत पायर पराजय भए । जिल्लाको पश्चिमि नगरपालिकामा बिदुर बस्नेत टिमका प्रकाश थापा बिजयी भएका छन । उनले प्रतिद्वन्दी हिमाल कार्की टिमका प्रेम थापालाइ उछिनेका हुन ।
४ गाउँपालिकाहरुमा तीन गाउपालिका बिदुर बस्नेत र एक गाउपालिका हिमाल कार्की टिमले जितेको छ । जिल्लाको उत्तरी लिमचुङबुङ गाउँपालिकामा हिमाल कार्कीको जन्मथलो भएका कारण पनि उनका टिमका नेत्र कार्की बिजयी भए उनले प्रतिद्वन्दी बिदुर बस्नेत टिमका सुनिल राईलाई पराजित गरेका हुन । अन्य बाकी ३ गाउँपालिकामा बिदुर बस्नेत टिमका ताप्ली गाउँपालिकामा दिपकुमार रास्कोटि सर्बसम्मत निर्बाचित भए । प्रतिद्वन्दी हिमाल कार्की टिमका माधब रास्कोटिले छाडेका थिए ।
उदपुरगढी गाउँपालिकामा बस्नेत टिमका याम पाण्डे बिजयी भए । रौता गाउँपालिकामा बस्नेत टिमका घमान सिङ मगर बिजयी भए उनले कार्की टिमका टेक बहादुर दाहाललाई पराजित गरे । अन्य नगरपालिका तथा गाउपालिकामा प्यानल नै बिजयी भए पनि जिल्लाको सदरमुकाम रहेको त्रियुगा नगरपालिका गाइघाटमा मिश्रित नतिजा आएको छ ।


दुई उप–सभापतिमा बिदुर बस्नेत टिमका सुमन चौधरी प्यानलका उमेश कुमार बुढाथोकी र शर्मिला थापा बिजयी भएका छन । बुढाथोकीले १८४ र थापाले १८५ मत पाए । उनका प्रतिद्वन्दी हिमाल कार्की टिमका प्रकाश खड्का प्यानलका नीर बहादुर आले मगरले १७९ र गणिता कुमारी चौधरिले १६६ मत पाएर पराजित भए । दुई सचिबमा प्रकाश खड्का प्यानलका केशब कुमार पौडेल र सुमन चौधरी टिमका रुद्र प्रसाद पोखरेल बिजयी भय । बिजय पौडेलले १८६ र पोखरेलले १८२ मत पाए । प्रतिद्वन्दी सुमन चौधरी टिमका धन बहादुर कटुवालले १८२ र प्रकाश खड्का प्यानलका भबिन्द्र राईले १६१ मत पाएर पराजित बने । अन्य दुई सह सचिबमा सुमन चौधरी प्यानलका किरण कुमार कोदारेले १८१ मत पाई बिजयी भए । उनका प्रतिद्वन्दी अर्जुन राउतले १८० मत पाए । दोस्रो सह सचिबमा प्रकाश खड्का प्यानलका फुल कुमारी अधिकारी बिजयी भइन । अधिकारीले २०५ मत पायर बिजयी भइन भने उनका प्रतिद्वन्दी नवीन राई १४२ मत पाएर पराजित भए ।

ताजा

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

त्रियुगा बसपार्क गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन

२०७८ आश्विन १७ गते, आईतवार

मुलुकी दैनिक असोज १६ गते शनिबारको इ–पेपर ।

२०७८ आश्विन १६ गते, शनिबार

मुलुकी दैनिक असोज १४ गते बिहीबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

मुलुकी खबर दैनिक पत्रिका असोज १५ गते शुक्रबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

जितिया महोत्सव थरुहट रंगशालामा

२०७८ आश्विन १४ गते, बिहीबार

नेपाली काँग्रेस उदयपुरको गाउँ तथा नगरको नेतृत्व टुंगो लाग्यो

२०७८ आश्विन १० गते, आईतवार

लिम्चुङबुङ गाउँपालिकामा रेविज खोप अभियान सुरु

२०७८ आश्विन १० गते, आईतवार

गाईघाट–लिम्चुङबुङ–हलेसी सडकमा सरकारको नजर

२०७८ आश्विन ९ गते, शनिबार

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार