जितिया महोत्सव थरुहट रंगशालामा

२०७८ आश्विन १४ गते, बिहीबार

गाईघाट, असोज १४
थारु समुदायको महान् चाड जितीयाको अवसरमा सदरमुकाम गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा जितीया महोत्सव बुधबारदेखि सुरु भएको छ । थारु कल्याणकारीणी सभा उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको प्रायोजनमा सुरु महोत्सवमा बाक्लो जनसहभागिता भएको छ ।


बुधबारदेखि सुरु आउँदो ३ दिनसम्म चल्ने सांस्कृतिक तथा सांगीतिक महोत्सवमा चर्चित गायक गायिकाहरु अनु चौधरी, नरेश जोगी, अनुजा चौधरी, आरसी चौधरी, रेन चौधरी, विजय चौधरीलगायतको प्रस्तुति रहने कल्याणकारीणी सभाका अध्यक्ष शिवकान्त चौधरीले बताए । त्यस्तै चर्चित रंगकर्मी कलाकार तथा निर्देशक प्रदिपकुमार चौधरीले पनि विशेष प्रस्तुति दिनेछन् ।


थारु पहिचान र परिकारसहितको महोत्सव त्रियुगा नगरपालिकाको सहयोग र बिभिन्न संघसंस्थाको प्रायोजनमा आयोजना गरिएको सभाले जनाएको छ । महोत्सवको उद्घाटन त्रियुगा नगरप्रमुख तथा नेकपा (एकीकृत समाजबादी)का पोलिटव्युरो सदस्य बलदेव चौधरीले गरे । उपप्रमुख देवीकुमारी चौधरी, १३ नं. वडाध्यक्ष पशुपति चौधरीलगायत जनप्रतिनिधिको सहभागिता रहेको महोत्सवको अवसरमा बुधबार राति अवेरसम्म चर्चित गायकगायिकाले आप्mनो प्रस्तुति दिएका थिए । आजभोली भने थारु सामुदाय भन्दा अन्य समुदायहरुले पनि यो चाँड मनाउने गरेको र व्रत वसेर आफ्नो सन्तानको दिर्घ आयुको कामना गर्ने गरेका यस समुदायहरु बताउँछन् ।गाईघाट स्थित थारुहट रंगशालामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित महोत्सव भव्य मनाइएको छ । नेपालका थारु समुदायका राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुको बेजोड प्रस्तुतीमा महोत्सव मनाईएको आयोजकले जनाए ।


महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय नृत्य प्रतियोगिता पनि गरिएको छ ।महोत्सव कार्यक्रमले थारुहरुको भाषा, धर्म, पहिचान र संस्कार संस्कृति बारे दबाव मुलक आवाज उठाउँदै सरकारलाई थारु भाषालाई स्थानीय भाषाको रुपमा प्रयोगमा ल्याउन दवाव समेत दिने आयोजक समितिले जनाएको छ ।पछिल्लो समय आदिवासी जनजाति भित्रको प्रमुख जातिको रुपमा रहेको थारु जातिहरुको भाषालाई सरकारले चासो नदिएको र थारु भाषालाई स्थानीय भाषाको रुपमा मान्यता दिन दवाव दिँदै महोत्सव आयोजना गरिएको थारु कल्याणकारीसभा त्रियुगा नगर कमिटिका अध्यक्ष बेचुदास चौधरीले बताए ।


कार्यक्रमको उद्घाटन थारु कल्याणकारीणीसभा उदयपुरका संरक्षक, थारु हकअधिकारको लागि अग्रणीभुमिका निर्वाहका अगुवा तथा त्रियुगा नगरपालिकाको मयेर बलदेव चौधरीले गरेका थिए ।

ताजा

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

त्रियुगा बसपार्क गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन

२०७८ आश्विन १७ गते, आईतवार

मुलुकी दैनिक असोज १६ गते शनिबारको इ–पेपर ।

२०७८ आश्विन १६ गते, शनिबार

मुलुकी दैनिक असोज १४ गते बिहीबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

मुलुकी खबर दैनिक पत्रिका असोज १५ गते शुक्रबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

जितिया महोत्सव थरुहट रंगशालामा

२०७८ आश्विन १४ गते, बिहीबार

नेपाली काँग्रेस उदयपुरको गाउँ तथा नगरको नेतृत्व टुंगो लाग्यो

२०७८ आश्विन १० गते, आईतवार

लिम्चुङबुङ गाउँपालिकामा रेविज खोप अभियान सुरु

२०७८ आश्विन १० गते, आईतवार

गाईघाट–लिम्चुङबुङ–हलेसी सडकमा सरकारको नजर

२०७८ आश्विन ९ गते, शनिबार

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार