त्रियुगा बसपार्क गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन

२०७८ आश्विन १७ गते, आईतवार

गाईघाट, असोज १७
आउँदै गरेको नेपालीहरुको महान चाड दशैं, तिहार र छैठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी उदयपुरले त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष संञ्चालनमा ल्याएको छ । आईतबार प्रहरी प्रमुख (एसपी) सुवास चन्द्र बोहोराले यात्रु सहायता कक्षको औपचारीक उद्घाटन गर्दै पूर्ण रुपमा संञ्चालनमा ल्याएको बताएका छन् ।


भीडभाडको समयमा यात्रुहरुको सफल यात्रा र गन्तव्यलाई सहयोग पु¥याउने उदेश्य सहित कक्ष स्थापना गरिएको एसपी बोहारोले बताए ।
ट्राफिक प्रहरी, जिल्ला प्रहरी र सवारी चालकहरुको बृहत उपस्थिति गराई कक्षा संञ्चालन ल्याएको हो । चाँडबाँडको बेला यात्रा असुरक्षित हुने र यसलाई सुरक्षित गर्न सवारी तथा सवारी चालकहरुले केकस्ता भुमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल समेत भएको छ ।
‘चाँडबाँडमा यात्रुहरुको बाढी चाप हुने र सवारी चालकहरुले लापर्वाही यात्रु ओसार पसार गर्नाले दुर्घटनाको कारण बन्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न र सफल यात्राको गर्न यात्रु तथा चालकले संयन्ता अपनाउनु पर्ने बोहोराको भनाई छ ।’


बिषेश गरेर यात्रुहरुलाई पर्ने कुनै पनि समस्याको सामाधानमा ट्राफिक प्रहरी र प्रहरी तत्कालका लागि यात्रु सहायता कक्ष संञ्चालनमा ल्याइएको ट्राफिक प्रमुख लिलाराज श्रेष्ठले बताए । उहाँले सहायता कक्षमा बिषेशगरी यात्रुहरुको चहलपहलको समय र अन्य कुनै पनि समय एक जना ट्राफिक प्रहरी र प्रहरी खटाईने जानकारी दिए । यस बेला कुनै पनि यात्रुहरु ठगिने समस्यामा पर्ने र आपत विपत्तमा पर्ने भएकाले यस कक्षाको अति आवश्यक रहेको श्रेष्ठको भनाई छ ।
श्रेष्ठले यदि कुनै पनि समयमा भाडाँमा ठगिए, चालकहरुले गलत व्यवहार गरे, ट्राफिक नियम उलंघन गरेमा ट्राफिक प्रहरी र प्रहरीलाई तत्काल सम्पर्क गरी जानकारी गर्न अपिल समेत गरे ।

ताजा

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

त्रियुगा बसपार्क गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन

२०७८ आश्विन १७ गते, आईतवार

मुलुकी दैनिक असोज १६ गते शनिबारको इ–पेपर ।

२०७८ आश्विन १६ गते, शनिबार

मुलुकी दैनिक असोज १४ गते बिहीबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

मुलुकी खबर दैनिक पत्रिका असोज १५ गते शुक्रबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

जितिया महोत्सव थरुहट रंगशालामा

२०७८ आश्विन १४ गते, बिहीबार

नेपाली काँग्रेस उदयपुरको गाउँ तथा नगरको नेतृत्व टुंगो लाग्यो

२०७८ आश्विन १० गते, आईतवार

लिम्चुङबुङ गाउँपालिकामा रेविज खोप अभियान सुरु

२०७८ आश्विन १० गते, आईतवार

गाईघाट–लिम्चुङबुङ–हलेसी सडकमा सरकारको नजर

२०७८ आश्विन ९ गते, शनिबार

स्तरोन्नति नगर्दा ग्रामीण सडक बर्षेनी अबरुद्ध

२०७८ भाद्र ६ गते, आईतवार