छठ पर्वमा खेलाडी सम्मानित

२०७८ कार्तिक २६ गते, शुक्रबार

गाईघाट, कार्तिक २६
त्रियुगा छठ समिति गाईघाटले उदयपुर जिल्लाको खेलकुद क्षेत्रमा अतुलनिय योगदान गरेका ब्याक्ति तथा खेलाडीहरुलाई सम्मान गरेको छ । छठ पर्ब २०७८ को अबसर पारेर बुधबार त्रियुगा नदी किनार गाईघाटमा आयोजित कार्यक्रममा समितिले ६ जना खेलाडी तथा एक जना स्वास्थ्य क्षेत्रका अहेबलाई सम्मान गरेको हो ।
सम्मानित हुने ब्याक्तिहरुमा उदयपुर जिल्लाको खेलकुद अन्र्तगत फुटबल खेलमा अतुलनिय योगदान पुर्याएका पूर्ब फुटबल खेलाडी किरण राईलाई दोसल्ला ओढाई सम्मान गरिृएको हो । किरण राई उदयपुर जिल्लाको सदरमुकाम गाईघाटका स्थानिय हुन् । उनी गाईघाट माबिको खेलमैदानमा नै फुटबल खेल्दै उदयपुर जिल्लाको फुटबल संघ, जिल्ला खेलकुद बिकास समिति, पुर्बाञ्चल खेलकुद बिकास समितिको अध्यक्ष, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा प्रवक्ता समेतको जिम्मेवारी बहन गर्दै सम्मान गरिएको त्रियुगा छठ पुजा समिति का सचिब राज कुमार शर्माले बताए । सम्मानका लागि छठ पुजा समितिले जिल्ला फुटबल संघलाई सम्मानित हुने ब्याक्तिको नाम सिफारिस गरेकोमा जिल्ला फुटबल संघले किरण राई र सुनिल खड्काको नाम सिफारिस गरेको थियो ।
किरण राई हाल नेकपा माओवादी पार्टीका जिल्ला कमिटि सचिबालय सदस्य तथा त्रियुगा नगर समितिका सह–इन्चार्ज छन् । उनले उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको थरुहट रंगशाला निर्माणमा समेत ठूलो योगदान गरेको भन्दै सम्मान गर्रिएको समितिले जनाएको छ । त्यस्तै फुटबल खेल तर्फ नै उदयपुरका उदयमान युवा फुटबल खेलाडी सुनिल खड्कालाई समेत सम्मान गरिएको छ । उनी उदयपुरको गाईघाटमा फुटबल खेल्दाखेल्दै अहिले राष्ट्रिय ए डिभिजन फुटबल टिमबाट फुटबल खेल्दै आईरहेका छन् ।
सम्मानित हुने अन्य खेलाडीहरुमा क्रिकेट तर्फ गाईघाट मा क्रिकेट खेल स्थापना गराउन महत्वपूर्ण भुमिका खेलेका पूर्ब क्रिकेट खेलाडी एल्विन बस्नेतलाई पनि सम्मानित गरिएको छ । त्यस्तै उदयिमान क्रिकेट खेलाडीको रुपमा कैलाश दाहाल, बक्सिङ खेल तर्फ सरोज श्रेष्ठ, तेक्वान्डो खेल तर्फ रोशन चौधरी सम्मानित भएका छन् ।
समितिले कोबिड महामारीको बेलामा पनि आफ्नो क्षेत्रबाट अतुलनिय सेवा प्रदान गरेका त्रिनपा ९ राटमाटे गहिरुन स्वास्थ्य केन्द्रका इन्चार्ज अहेब धमेन्द्र रेग्मीलाई समेत सम्मान गरेको छ । २०७२ सालमा बिधिबत रुपमा खेमनारायण यादब (राहुल) अध्यक्ष भएर दर्ता सुरु गरेको समितिले हरेक बर्ष यसरी नै समाजमा योगदान पुर्याएका विभिन्न क्षेत्रका ब्याक्तिहरुलाई सम्मान गर्दै आएको छ । सम्मानित ब्याक्तिहरुलाई समितिका अध्यक्ष खेम नारायण यादब (राहुल)ले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरेका थिए ।

ताजा

टाइटल

२०७८ मंसिर १४ गते, मंगलवार

टाइटल

२०७८ मंसिर १४ गते, मंगलवार

सरकारी जागिर छोडेर निर्माण ब्याबशायी भएका केदार दाहाल ।

२०७८ मंसिर १२ गते, आईतवार

लिम्चुङबुङ जनता बस संचालन सुरु

२०७८ मंसिर १० गते, शुक्रबार

छठ पर्वमा खेलाडी सम्मानित

२०७८ कार्तिक २६ गते, शुक्रबार

Muluki kartik 26 gate.

२०७८ कार्तिक २६ गते, शुक्रबार

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

त्रियुगा बसपार्क गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन

२०७८ आश्विन १७ गते, आईतवार

मुलुकी दैनिक असोज १६ गते शनिबारको इ–पेपर ।

२०७८ आश्विन १६ गते, शनिबार

मुलुकी दैनिक असोज १४ गते बिहीबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

मुलुकी खबर दैनिक पत्रिका असोज १५ गते शुक्रबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार