लिम्चुङबुङ जनता बस संचालन सुरु

२०७८ मंसिर १० गते, शुक्रबार

जाँते, मंसीर १०
लिम्चुङबुङ गाउँपालिका उदयपुरले सार्वजकि यातायात सेवा सुरु गर्ने भएको छ । यही मंसीर १२ गते आईतबारदेखि लिम्चुङबुङको केन्द्र बाराहारदेखि गाईघाटसम्म नियमित बस संचालन गर्न लागेको हो ।


गाउँपालिकाको लगानीबाट संचालित उक्त बसमा ७० बर्ष भन्दामाथि उमेर भएका जेष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत टार्जन कुमार लिम्वुले वताए । त्यस्तै, कृषि उत्पादन ढुवानीमा २५ प्रतिशत, स्थानीय उद्यमीहरुलाई सामान ढुवानीमा २५ प्रतिशत र विद्यार्थीको हकमा १० प्रतिशत छुटको व्यवस्था गरिएको पनि लिम्बुले बताए ।


त्यसैगरी, गाउँपालिका अध्यक्ष मेजर कुमार राईको अध्यक्षतामा पाँच सदस्यीय संचालक समिति बनाईएको लिम्बुले बताए । अन्य सदस्यहरुमा क्रमशः गाउँपालिका उपाध्यक्ष रमिला राई, लेखा अधिकृत ताराकिरण राई, पूर्वाधार विकास समिति संयोजक भीम राई र स्टोर शाखा प्रमूख गौतम दाहाल सदस्य सचिव रहने गरी समिति बनाईएको गाँपालिका अध्यक्ष मेजर कुमार राईले बताए ।


त्यस्तै, जनता सार्वजकि बस संचालनपछि जेष्ठ नागरिक, कृषक, उद्यमी, विद्यार्थी र नियमित यात्रा गर्ने सवैका लागि सहज र आरामदायी यात्रा हुने अध्यक्ष राईले बताए ।

ताजा

टाइटल

२०७८ मंसिर १४ गते, मंगलवार

टाइटल

२०७८ मंसिर १४ गते, मंगलवार

सरकारी जागिर छोडेर निर्माण ब्याबशायी भएका केदार दाहाल ।

२०७८ मंसिर १२ गते, आईतवार

लिम्चुङबुङ जनता बस संचालन सुरु

२०७८ मंसिर १० गते, शुक्रबार

छठ पर्वमा खेलाडी सम्मानित

२०७८ कार्तिक २६ गते, शुक्रबार

Muluki kartik 26 gate.

२०७८ कार्तिक २६ गते, शुक्रबार

गाईघाटमा गार्डेन मार्ट डिपार्टमेन्ट सुरु

२०७८ आश्विन १७ गते, आईतवार

त्रियुगा बसपार्क गाईघाटमा यात्रु सहायता कक्ष संञ्चालन

२०७८ आश्विन १७ गते, आईतवार

मुलुकी दैनिक असोज १६ गते शनिबारको इ–पेपर ।

२०७८ आश्विन १६ गते, शनिबार

मुलुकी दैनिक असोज १४ गते बिहीबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार

मुलुकी खबर दैनिक पत्रिका असोज १५ गते शुक्रबार ।

२०७८ आश्विन १५ गते, शुक्रबार