त्रियुगा नगरपालिकाको राम्रो अभियान

२०७८ मंसिर १७ गते, शुक्रबार

बुद्धि चामलि राई

मंसिर, १७
त्रियुगा नगरपालिका उदयपुरले बुधबार गाइघाट बजारका व्यापारी तथा ब्याबशायीहरुलाई बैठकमा बोलाएर गाइघाट बजारलाई कसरी सुन्दर, आकर्षक र हराभरा बनाउने भन्ने बिषयमा छलफल गर्यो । उदयपुर जिल्लाको सदरमुकाम गाइघाट रहेको त्रियुगा नगरपालिका नेपालको राम्रो सहरहरुमा गणनामा आउँछ ।

बुधबार त्रियुगा नगरपालिकाको सभाहलमा भएको छलफलमा उपमेयर देबि कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकाल, त्रियुगा उधोग बाणिज्य सङघका पुर्ब प्रथम उपाध्यक्ष तथा अध्यक्षका उमेदबार भरत चामलिङ राई , अन्य ब्यापारीहरुको छलफलले गाइघाट बजारलाई अब सुन्दर बनाउनुको बिकल्प नरहेको निष्कर्ष निकाल्यो ।

गाइघाट बजारमा अहिले मुख्य समस्या भनेको सडक पेटिमा भबन निर्माण सामाग्री राखेर अबरुद्ध गर्ने गलत बानी बसेको छ । सडकपेटिमा ब्यापार, ब्याबशाय गर्ने, मोटरसाइकल पार्किङ गर्ने गलत बानी यस अघि गरिएको अभियानले धेरै सुधार आएको छ । गाइघाट बजारलाई सुन्दर, स्वच्छ, राम्रो र हराभरा भयो भने गाइघाटबासिलाई नै फाइदाको बिषय हो ।

अहिले गाइघाट बजारमा सडकपेटि मिच्ने क्रम बढ्दै गएको छ । नगरपालिकाको नगर प्रहरी आउदा मात्र नगरप्रहरीको आँखा छल्न मात्र होइन सडकपेटिमा हिड्ने पैदलयात्रु आफुलाइ सम्झेर सडकपेटि मिच्ने गलत बानी हटाउनु राम्रो हो । गाइघाट बजारका ब्यापार, ब्याबशायिहरुले आफ्नो पसल,घर अगाडि सधै सरसफाइ, फोहोरको उचित ब्यबस्थापन गर्ने, सडकपेटिमा घर भबन निर्माणको सामाग्री नराख्ने, निर्माण सकिएको निर्माण सामाग्रीहरु तुरुन्त हटाउने हो भने गाइघाट बजारले तुरुन्त रुप फेर्थ्यो ।

अझ भन्ने हो भने सडकपेटिमा मोटरसाइकल पार्किङ गर्ने, मोटरसाइकल धुने काम नगरौ । नगरपालिकाको नगर प्रहरीले पनि आफ्नो निगरानी बढाऔ । व्यापारी ब्याबशायीहरुले नगर प्रहरीको आँखा छल्न होइन कि गाइघाट बजार सुन्दर हुदा हाम्रै गाइघाट उदयपुर सहरको नाम हाइ हाइ हुने आन्तरिक तथा बाहय पर्यटक आउने कुरालाइ मध्येनजर गरि काम गरौ ।

त्रियुगा नगरपालिकाले नगर सफाइको लागि अभियान सुरु गरिसकेको कारण सबैले हाम्रो गाइघाटलाई राम्रो गाइघाट बनाउन सहयोग गरौ । यो त्रियुगा नगरपालिका गाइघाट उदयपुरको गाइघाट बजार सरसफाइ, सुन्दर, स्वस्थ, हराभर बनाउने हामी सबै गाइघाटबासिको जिम्मेवारी हो । यो गाइघाट बजार सुन्दर भएमा हाम्रै गाइघाट लाई फाइदा हो । आशा गरौ अब गाइघाट सुन्दर, स्वस्थ, रमाइलो, हरियाली, हराभरा हुनेछ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार