आजको सम्पादकिय खानेपानीमा सक्षम नेतृत्वलाई भोट देऊ ।

२०७८ पुष ३ गते, शनिबार

खानेपानीमा सक्षम नेतृत्वलाई भोट देऊ ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट आसपासको क्षेत्रमा धाराको पानी खुवाउने त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई आयोजना त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से उदयपुरको भोली पुस ४ गते आईबार साधरणसभा तथा अधिबेशन हुँदैछ । लामो रस्साकस्सी पछि साधरणसभा तथा अधिबेशन हुन लारिहेको छ । संस्थाको बिबाद अदालतसम्म पुगेर अहिले ठेगान लागेको हो । नयाँ कार्यसमितिको पदाअबधि ५ बर्ष हुने भएकाले सबैको नजर यो खानेपानी आयोजनामा परेको छ । बिधिबत रुपमा २०५८ सालमा दर्ता भएर संचालनमा रहेको यो खानेपानी आयोजनामा अहिले धेरै जिम्मेवारी रहेको छ ।
बिशेष त त्रियुगा नगरपालिका गाईघाट क्षेत्रका वडा नम्बर ९ राटमाटे, वडा नम्बर १० बोक्से, वडा नम्बर ११ गाईघाट र वडा नम्बर १२ पुरानो गाईघाटका करिब २६ सय उपभोक्ताहरुलाई स्वच्छ खानेपानी खुवाउने नेतृत्वलाई निर्बाचित गर्नु जरुरी छ । सबै राजनितिक दल, संघ, संस्था, ब्याक्ति, नागरिक समाज, कार्यालयको यो संस्थामा आँखा परेको छ । यो संस्थामा सबैको सहभागिता रहने भएकाले पनि यो चुनाब वडाध्यक्षको भन्दा कडा र जिम्मेवार मानिन्छ । यो चुनाबपछि त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई आयोजना बोक्से उदयपुरले त्रियुगा नगरपालिका क्षेत्र भित्र रहेको फोहोर ब्यबस्थापनको कार्य गर्नु जरुरी र जिम्मेवारी रहेको छ । त्यसो र पनि यो चुनाबमा सक्षम, जिम्मेवार र अनुभवी नेतृत्व निर्बाचित गर्न जरुरी छ । यो निर्बाचन सकिने बितिकै गाईघाट, बोक्से, राटमाटे, गहिरुन, पुरानो गाईघाट, असारी क्षेत्रको घरहरुमा रहेको शौचालयबाट फोहोर संकलन गरी त्रियुगा नगरपालिकाले उपलब्ध गराएको त्रियुगा नगरपालिका वडा नम्बर ११ ढिम्की पिकनिक स्पोर्टको को जग्गामा फाहोर प्रशोधन केन्द्र बनाउनु छ । त्यस फोहोर प्रशोधन केन्द्रबाट उर्जा उत्पादन तथा नगरपालिका क्षेत्र भित्रको फोहोरहरु ब्यबस्थापन गर्न पनि यो नयाँ नेतृत्व सक्षम, अनुभबी हुन जरुरी छ । निर्बाचन मार्फत नयाँ नेतृत्व आउने भएकाले यस अघिका संस्थापक अध्यक्ष शंकर बस्नेत, बिदुर बस्नेतको सम्मान गर्न पनि जरुरी छ । आज यो खानेपानी आयोेजना यो स्थितिमा आईपुुग्न र गाईघाट, बोक्सेबासीले खानेपानी खान पाईरहनु उनीहरुको महत्वपुर्ण योगदान रहेको छ ।
त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई आयोजना निकट भबिष्यमा नै यसले ठुलो रुप लिदैछ । त्रियुगा नगरपालिका वडा नम्बर ११ गाईघाट, वडा नम्बर १२ पुरानो गाईघाट, वडा नम्बर १३ पुरानो गाईघाट, असारी, भुस्ने, पोर्ताहा, वडा नम्बर १० बाक्से, वडा नम्बर ९ राटमाटे गहिरुन क्षेत्रमा दिनानुदिन बस्ती बढेको बढेकै छ । यो बस्तीमा खानेपानी सबैलाई उपलब्ध गराउनु नयाँ नेतृत्वको चुनौतीको रुपमा रहको छ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार