त्रियुगा उद्योग बाणिज्य संघको साधरणसभा हुन नदिने भगत र कार्की

२०७८ पुष ३ गते, शनिबार

उदयपुर, पुस ३
त्रियुगा उद्योग बाणिज्य संघको पुस ३ गते शनिबार गर्ने भनिएको छैठौँ साधरण सभा तथा अधिबेशन फेरी अनिश्चित बनेको छ ।
शुक्रबार त्रियुगा उद्योग बाणिज्य संघ उदयपुरका कार्यबाहक अध्यक्ष, द्धितिय उपाध्यक्ष सहित ९ जना बहुमत सदस्यहरुले पत्रकार सम्मेलन गरी पुस ३ गते शनिबार गर्ने भनिएको संघको छैठौ साधरणसभा तथा अधिबेशन उच्च अदालत बिराटनगर मोरङले नगर्न मनि अन्तरिम आदेश दिए पछि रोकिएको हो । पत्रकार सम्मेलनमा त्रियुगा उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष रमेश बिश्वकर्माले त्रियुगा उद्योग बाणिज्य संघको बाधक निलम्बित अध्यक्ष गजेन्द्र भगत र २०७४ सालमा स्थानिय निकायमा वडाध्यक्षको चुनाब लड्न भनेर संघमा राजिनामा दिएका चुडामणी कार्की भएको आरोप लगाए । कार्यबाहक अध्यक्ष बिश्वकर्माले संघलाई सधै अस्थितर, बन्दी बनाईरहने कार्यमा भगत र कार्की लागेका बताए । त्रियुगा उद्योग बाणिज्य संघको आर्थिक अनियमिता गर्ने निलम्बित अध्यक्ष गजेन्द्र भगत, संघको ल्यापटप चोरी गरेर लाने उनै गजेन्द्र भगत, ब्यापारीहरुबाट सदस्यता नबिकरण गरिदिने भनेर उठाएको रकम हिनामिना गर्ने उनै गजेन्द्र भगत र चुडामणी कार्की भएको बताए । कार्यबाहक अध्यक्ष बिश्वकर्माले उदयपुरको प्रहरी प्रशासन पनि सत्य, तथ्य र निष्पक्ष रुपले काम कारबाही नगरी गलत कार्य गर्नेलाई पक्षपोषण गरेको बताए । निलम्बित अध्यक्ष गजेन्द्र भगतले संघमा तिर्न बाँकी रहेको रकम तिर्छु भनी नतिरेपछि उनलाई बिधानले ब्यबस्था गरे अनुसार साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको र त्यस पछि उनले संघमा आई ल्यापटप, खातापाता, लेटरप्याड र छाप दुरुपयोग गर्दा समेत प्रहरी प्रशासन चुप लागेर बसेको आरोप लगाए । जिल्ला प्रहरी कार्यालय उदयपुरमा संघको ल्यापटप, खातापाता, लेटरप्याड र छाप चोरी गरी गजेन्द्र भगतले लगेकोमा चोरीको निबेदन हाल्न जाँदा प्रहरी उजुरी नलिएको दुखेसो गरे । ल्यापटप चोरी गरी भागेका गजेन्द्र भगतले प्रयोग गरेको स्कुटर प्रहरीले संघलाई जानाकारी नै नदिई भगतलाई दिएको बिश्वकर्माको भनाई रहेको छ । त्रियुगा उद्योग बाणिज्य संघको दोस्रो कार्यकालको लागि महासचिबमा निर्बाचित भएका चुडामणी कार्की त्रियुगा नगरपालिका वडा नम्बर ३ मोतिगडाको वडाध्यक्षको चुनाब मा भाग लिन जाँदा बाणिज्य संघमा राजिनामा दिएर गएका र तिनै कार्की निर्बाचन हारेर अहिले बाणिज्य संघमा बिबाद गर्ने ब्याक्ति भएका छन् । कार्कीले पटक–पटक उच्च अदालत, जिल्ला प्रशासनमा गएर हार गुहार माग्दै, मुद्धामा पराजित हुँदै संघको नियमित काममा बाधा गरेको कार्यबाहक अध्यक्ष रमेश बिश्वकर्माले पत्रकार सम्मेलनमा बताए ।
पत्रकार सम्मेलनमा कार्यबाहक अध्यक्ष रमेश बिश्वकर्माले सम्मान्नित उच्च अदालतको अन्तरिम आदेशलाई उच्च सम्मान गर्दै पुर्बनिर्धारित पुस ३ गते शनिबारको दिन तोकिएको साधरणसभा तत्कालको लागि रोकिएको बताए । २०७३ साल असार १८ गते सम्पन्न संघको पाचौँ अधिबेशन पछि अहिले ५ बर्ष बितिसक्दा कुनै साधरणसभा समेत भएको छैन । २०७६ साल असार १७ गतेसम्म रहेको पदाअबधि लम्ब्याउने, अदालतमा धाउने कार्य भगत, कार्की समुहले गरेका कारण त्रियुगा उद्योग बाणिज्य संघको साधरणसभा तथा अधिबेशन हुन सकिरहेको छैन । साधरणसभा तथा अधिबेशन गर्न तयार बनेको समिति सहमतिको लागि उच्तच अदालत बिराटनगर मोरङले पुस ५ गते सोमबार बोलाएको बैठकमा सहभागी हुने र निकास खोज्ने जनाईएको छ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार