आजको सम्पादकिय बिकास निर्माणको काममा प्रत्यक्ष निगरानीे राखौँ

२०७८ पुष ४ गते, आईतवार


चालु आर्थिक बर्ष २०७७÷०७८ मा उदयपुर जिल्लाभरी बिकास निर्माणको काम के–के हुँदैछ भनेर हामी जिल्लाबासीलाई थोरैलाई मात्र थाहा हुनसक्छ । उदयपुरमा अहिले पुरानो आर्थिक बर्षको पुरा हुन बाँकी रहेको कामले पनि निरन्तरता पाईरहेको छ । उदयपुरमा अहिले बिकास निर्माण अन्र्तगत ठूला भबन, सडक, सभाहल, पुल, सडक कालोपत्रेहरु पनि बनिरहेको छ । उदयपुरको बिच भाग भएर मदन भण्डारी लोक मार्ग गएकाले पनि यो सडक अन्र्तगत उदयपुरमा मदन भण्डारी लोकमार्ग सडक खण्डमा साना ठुला २० भन्दा बढि पुलहरु बनिरहेको छ । त्यस्तै सडक कालोपत्रे बन्ने क्रम जारी छ ।
सडक निर्माण सँगै उदयपुरमा अहिले बिकास निर्माणे ठूलो भबनहरु पनि बनिरहेको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट रहेको त्रियुगा नगरपालिका वडा नम्बर १२ त्रियुगा नदि पुल नजिक त्रियुगा बसपार्कमा १२ करोड बढिको बस टर्मिनल भबन बनिरहेको छ । त्यस्तै त्रियुगा नगरपालिका वडा नम्बर १३ पुरानो गाईघाटमा ६ करोड बढिको लगानीमा मदन भण्डारी सभाहल बनिरहेको छ । जिल्लाको उत्तरी पश्चिमी ताप्ली गाउँपालिकामा ६ करोड बढि लगानीमा गाउँपालिकाको प्रशासनिक बिशाल भबन बनिरहेको छ । उदयपुर जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिका अन्र्तगत निर्बाचन क्षेत्र नम्बर दुईको भुभाग छुने सिद्धिचरण लोकमार्ग ७० करोड बढि लगानीमा कालोपत्रे हुँदैछ । त्रियुगा नगरपालिकाले सदरमुकाम गाईघाट आसपास तिन ठाउँमा टुक्रा–टुक्रा गरेर ४ किलोमिटर सडक कालोपत्रे तथा मर्मत सम्भार गर्दैछ । यि बाहेक उदयपुरमा बिभिन्न पालिकाहरुको भबन बन्ने क्रम जारी छ । जिल्ला भित्र हुने बिकास निर्माणको काममा थोरै मात्र उदयपुरका निर्माण ब्याबशायीले काम पाएका छन् । धेरै जसो ठुलो लगानीको आयोजना सबैभन्दा न्युन थोरै रकममा बनाउने ठेकेदारले पाउने भएकाले जिल्ला बाहिरका निर्माण ब्याबशायीले काम पाउने गरेका छन ।
जिल्ला बाहिरको निर्माण ब्याबशायीले काम पाएको खण्डमा सो आयोजनामा स्थानियको प्रत्यक्ष कडा निगरानी हुन जरुरी छ । जिल्ला बाहिरका निर्माण ब्याबशायीहरुले जसो तसो काम सक्ने उदेश्यले काम गरिरहेका हुन्छन् । आफ्नै जिल्लाबासीले आफ्नो जिल्लाको काम पाएको खण्डमा केही न केही उनीहरु आफ्नो जिल्लाको काम भएकाले गुणस्तरमा ध्यान दिन्छन् । केही जिल्लाबासी निर्माण ब्याबशायीले भने आफ्नै जिल्लाको काममा पनि गुणस्तरहिन सामान लगाउने कार्य यस अघि भएका छन् । हाम्रो समाज, आफ्नो टोल, गाउँ, छिमेक, वडा, पालिका, क्षेत्र, जिल्लामा आएको बिकास निर्माणको काममा स्थानियहरुले कडा प्रत्यक्ष निगरानी राख्नुपर्दछ । सो बिकास निर्माणको काम गुणस्तर भए नभएको पटक–पटक सम्बन्धित निकायमा रिपोट गर्ने, गुणस्तहिन काम भए काम रोकेर गुणस्तर बनाउन लगाउने कार्य स्थानियले गर्नुपर्दछ । बर्षौै बर्षमा एक पटक आएको बिकास निर्माणको लगानीलाई सदुपयोग र उचित तरिकाले लगानी गर्दा हाम्रै जिल्लाको बिकासमा सघाउ पुग्नेछ । गुणस्तर बिकास निर्माणको काम हुनेछ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार