गाउँपालिका र नगरपालिकाले स्थानिय पत्रिकालाई बिज्ञापन दिन बाध्य ब्यबस्था

२०७८ पुष ४ गते, आईतवार


उदयपुर, पुस ४ गते आईतबार
नेपाल सरकारले गठन गरेको बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले स्थानिय सरकारले स्थानिय पत्रिकालाई बिज्ञापन दिन अनुरोध गरेका छन् । बोर्डको नियमित काममा जिल्ला हुलाक कार्यालय अबलोकन तथा संचार माध्ययमहरुको संचालकहरु सँग छलफल गर्न शनिबार खोटाङबाट उदयपुर आईपुगेका अध्यक्ष हुमागाईले अब स्थानिय सरकारले स्थानिय पत्रिकालाई नै सुचना बिज्ञापन दिन बाध्य हुने निति ल्याउँदै गरेको बताए ।
स्थानिय स्तरमा प्रकाशन, प्रशारण हुने संचारमाध्यम आर्थिक संकटले टाँट पल्टेको समयमा स्थानिय सरकार नगरपालिका, गाउँपालिका, वडा तथा सरकारी, निजी कार्यालयहरुले बिज्ञापन एजेन्सी मार्फत बिज्ञापन प्रकाशन, प्रशारण गर्न दिदाँ संचारमाध्यमहरुको स्थिति नाजुक भएको बताए । बोर्डले पत्रिकाको लोक कल्याणकारी बिज्ञापन बापतको रकम जिल्ला हुलाक कार्यालयबाट प्रदान गर्न सुरु गरेकाले संचारमाध्यमहरुले राहत पाएको दाबि गरे । त्यस्तै त्रैमासिक रुपमा बितरण गर्दै आएको लोक कल्याणकारी बिज्ञापन बापतको रकम अब महिनै पिछि दिने तयारी भईरहेको, तत्कालको लागि पत्रिकाको पान नम्बरबाट नै भुक्तानी लिन सकिने कुरा पनि संचारमाध्यम संचालकहरुलाई सुझाए । बोर्ड स्थापना भएको एक बर्ष पनि नभएकाले यो अबधिमा बोर्डले धेरै काम गरेको अध्यक्ष हुमाागाईले बताए । बोर्डले बिज्ञापन एजेन्सीहरुको निम्ति आंचारसहिंता ल्याएर बिज्ञापनदाताहरुले सिधै संचार माध्यममा नै सम्पर्क गरेर बिज्ञापन प्रकाशन गर्ने बाताबरण तयार गरिरहेको पनि अध्यक्ष हुमागाईले बताए । अध्यक्ष हुमागाईका अनुसार अब स्थानिय सरकार बाध्य भएर स्थानिय संचारमाध्यमहरुले पाउँदै आएको लोक कल्याणकारी बिज्ञापन बापतको रकममा थप १५ प्रतिशत थप्न लगाउने ब्यबस्था गर्नु पर्ने बताए ।
कार्यक्रममा बोर्डका सदस्य बन्दना दनुवार पनि सहभागी रहका थिए । नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जिल्लाबाट प्रकाशन, प्रशारण भईरहेका संचारमाध्यमहरुले लोक कल्याणकारी बिज्ञापन प्रकाशन गरे बापत पाउने रकम भ्याट बिल र पान नम्बरमा समस्या भएकाले तत्कालको लागि पान नम्बरबाट नै पाउनुपर्ने ब्यबस्था मिलाउन बोर्डलाई अनुरोध गरे । छलफल कार्यक्रममा पत्रकार हरी कुमार राई, सुजता ढुङ्गाना, लिला प्रसाद निरौलाले जिज्ञासा राखेका थिए । रेडियो त्रियुगा का संचालक बरिष्ठ पत्रकार कौशल चेमजोङले सामुदायिक रेडियोहरुको नबिकरणमा भएको समस्या चाँडो समाधान गर्न सुझाए । जिल्ला हुलाक कार्यालय उदयपुरका प्रमुख हरीलाल खत्रीले जिल्ला हुलाक कार्यालय उदयपुरले सेवा दिदैँ आएको सेवा र समस्याको बारेमा प्रष्ट पारेका थिए ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार