जिल्ला फुटबल लिग कहिले हुन्छ ?

२०७८ पुष ४ गते, आईतवार

उदयपुर, पुस ४ गते आईतबार
जिल्ला फुटबल संघ उदयपुरले पुस ३ गते शनिबारदेखि गर्ने भनिएको जिल्ला फुटबल फेरि अर्को मितिमा सरको छ ।
यस अघि जिल्ला फुटबल संघ उदयपुरले पुस ३ गते शनिबारदेखि उदयपुरका ए डिभिजनका ८ वटा टिमहरुको खेल गर्ने जनाएको थियो । उदयपुरकामा ए डिभिजनका ८ वटा टिमहरुमा बेल्टार एकता युवा क्लब चौदण्डीगढी बेल्टार, फ्युजन फुटबल क्लब त्रियुगा नगरपालिका १० बोक्से, नब प्रभात नेपाल त्रिनपा १३ पोर्ताहा, गाईघाट फुटबल क्लब, लालिगुरास नब युवा क्लब, बगाहा फुटबल क्लब त्रिनपा ४, मेधाबी युवा क्लब त्रिनपा ६ जलजले रहेका छन् । उदयपुरका यि ८ वटा ए डिभिजनका टिमहरुले खेल खेल्नेछ । पुस ३ गते शनिबार हुने भनिएको लिग अझै कहिले हुने भन्ने टुङगो लागेको छै्रन । पुस ७ गते तिर लिग सुरु गर्ने संघको योजना रहेको छ । त्यस्तै उदयपुुरको ५ वटा बि डिभिजनको लिग पुस १७ गते शनिबारदेखि गर्ने भनिएकोमा सो खेल पनि प्रभाबित हुने भएको छ । उदयपुरका बि डिभिजनको फुटबल टिमहरुमा स्टार युवा क्लब जोगिदह त्रिनपा १, बसाहा युवा क्लब चौदण्डीगढी ४, स्वर्णिम युवा क्लब त्रिनपा ६, हडिया युवा क्लब चौदण्डीगढी र साथी समुह कटारी बिच खेल हुनेछ ।
उदयपुरमा पुरुष फुटबल खेल जिल्लाको तराई क्षेत्रमा मात्र सक्रिय देखिएको छ । बिशेष त पुरुष फुटबल उदयपुर जिल्ला सदरमुकाम गाईघाट रहेको त्रियुगा नगरपालिका आसपासमा मात्र सक्रिय देखिएको छ । उदयपुरको आठ वटा पालिकामा कटारी नगरपालिकामा एक वटा फुटबल टिममात्र रहेको छ । जुट टिम साथी समुह बि डिभिजनमा रहको छ । त्यसो त जिल्लाको चार गाउँपालिका ताप्ली, लिमचुङबुङ, उदयपुरगढी, रौतामाई गाउँपालिका र बेलका नगरपालिकामा पुरुष फुटबल टिमनै देखिएको छैन ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार