आजको सम्पादकिय

२०७८ पुष ५ गते, सोमबार


ट्राफिक प्रहरीलाई सहयोग गरौँ
जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले एक नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीको आयोजनामा पुस ४ गते आईतबारदेखि उदयपुरको गाईघाटमा ट्राफिक सप्ताहा सुरु गरेको छ । सडकमा दैनिक रुपमा हुने सवारी साधन दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्य स्वरुप यो सप्ताहा हुरु गरेको हो । अहिले उदयपुरको सदरमुकाम गाईघाटको सडक अत्ति नै खतरनाक भएकाले पनि गाईघाट त्रियुगा नगरबासी सडक नियम पालना गर्न अत्ति आबश्यक रहेको छ ।
गाईघाट बजारमा मदन भण्डारी लोकमार्ग रहेकाले यो बजार क्षेत्रको सडक २४ सै घण्टा ब्यस्त रहन्छ । अझ हाई वे भएकोले यो बजार क्षेत्र भित्र सवारी साधन अत्ति धेरै गतिमा गुड्ने गर्दछ । ट्राफिक नियम अनुसार बजार क्षेत्रमा हाई वे भएपनि प्रति घण्टा २० को गतिमा सवारी साधन गुडाउनुपर्ने हुन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले मदन भण्डारी लोकमार्ग अन्र्तगत त्रियुगा नगरपालिको बजार क्षेत्र अन्र्तगत भगवती मन्दिर मुनी जिल्ला प्रहरी कार्यालय, जिल्ला सम्वनय समिति राधा कृष्ण मन्दिर हुँदै भगवती मन्दिर मुनी आईपुग्ने सडक सुरु हुनु बितिकै सो सडकमा प्रति घण्टा २० को गतिमा सवारी साधन गुडाउनुपर्ने बोर्डको सङ्केत राखेको छ । तर सो सडकमा सो बोर्डको बेवास्ता गर्दै सवारी चालकहरुले तिब्र गतिमा सवारी साधन गुडाउने गरेको हुन्छ । यहि मदन भण्डारी लोकमार्ग अन्र्तग धरान, ईटहरी, चतरा, रामपुर, बसाहा, बेल्टार असारी हुँदै गाईघाट आउने क्रममा असारीदेखि बरुवा खोलाको पुल पार गर्ने बितिकै त्यहाँ ट्राफिक प्रहरीको बिट रहेको छ । सो ट्राफिक प्रहरीको बिटमा लेखिएको छ बजार क्षेत्र प्रबेश गरेकाले बरुवा खोलाको पुल तर्ने बितिकै प्रति घण्टा ३० को गतिमा सवारी साधन चलाउनुपर्ने बोर्डको सङ्केत राखिएको छ । सो ३० को गति जिजी चोक आएपछि पुन २० को गतिमा कुदाउनुपर्ने नियम छ । तर सो सडकमा सवारी साधनको गति हेर्ने हो भने मान्छे ठाउँको ठाउँ मार्ने गतिमा सवारी साधन गुडिरहेको पाईन्छ ।
गाईघाट बजारको मदन भण्डारी लोकमार्ग अन्र्तगतको सडकमा स्थानिय पैदलयात्रीहरु सडकको बिच भागमा ठम ठम हिडिरहेको देखिन्छ । पैदलयात्रुको सुबिधाको लागि बनाईएको फलामे बार सहितको सडकपेटी छोडेर पैदलयात्रु सडक बिच भागबाट हिड्नु पनि मुर्खता हो । सो सडक हाई वे भएकाले सवारी साधनले ठक्कर दिएको खण्डमा सोही बिच सडकमा हिड्ने पैदलयात्रुको गल्ती हुन्छ । तर दोष र कारबाही भने सवारी चालकले बेहोर्नुपर्ने हुन्छ । पैदलयात्रुको कारण नै सबैभन्दा जोखिम बढेको छ । मदन भण्डारी लोकमार्ग भएकाले नगरबासी, गाईघाटबासी स्थानिय नागरिक सचेत भएर सडकमा जेब्रा क्रसबाट सडक पार गर्नुपर्ने हुन्छ । अझ गाईघाट बजार भित्र बिद्यालय क्षेत्र भएकाले पनि सवारी साधनको गतिलाई मत्थर गर्नुनै पर्दछ । यसको लागि स्थानिय गाईघाटबासी, सवारी चालक, पैदलयात्रु सबै जना सचेत भएर ट्राफिक प्रहरीलाई सहयोग गरी एक हप्ते ट्राफिक सप्ताहालाई सहयोग गर्नुपर्दछ । सडकपेटीमा राखिएको घर, भबन निर्माणको सामाग्री तुरुन्त हटाईनुपर्दछ । अन्यथा नगरपालिकाले उठाएर लानुपर्दछ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार