खानेपानीलाई सबैले सहयोग गर्ने

२०७८ पुष ५ गते, सोमबार


त्रियुगा, पुस ५ गते सोमबार
त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था समितिको १३ औँ साधरणसभा तथा अधिबेशनमा कार्यक्रमका सबै सम्बन्धित सरोकार निकायका प्रतिनिधीहरुले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दैै प्रदेश नम्बर १ का माननिय भौतिक पुर्वाधार बिकास मन्त्री हिमाल कार्कीले त्रियुगाबासी गाईघाटबासीलाई स्वच्छ, सफा र प्रर्याप्त खानेपानी समितिले उपलब्ध गराएमा आफ्नो मन्त्रालय र आफु ब्याक्तिगत रुपमा समितिलाई सहयोग गर्न तयार रहेको बताए । प्रदेश नम्बर एकका माननिय सभासद बिमल कार्की, अम्बिका थापा, एमाले उदयपुर अध्यक्ष इश्वरमणी राउत, जिल्ला सम्वनय समितिका प्रमुख खड्ग परियार, उप–प्रमुख गङ्गा राई, नेत्र ज्योति संघका अध्यक्ष भागवत राउत, नेपाली काङ्ग्रेस जिल्ला सचिब मुरारी खड्का, नेकपा माओवादीका त्रियुगा नगर अध्यक्ष गिता खड्का कार्की, वडा नम्बर ९ का वडाध्यक्ष धनबहादुर दनुवार, १० नम्बर वडाका अध्यक्ष प्रकाश खड्का, ११ नम्बर वडाध्यक्ष बिश्वराज भटराई, उपभोक्ता फिरन खड्का लगायतले शुभकामना सहित मन्तब्य राखेका थिए । कार्यक्रमका अध्यक्ष तथा त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था समितिका कार्यबाहक अध्यक्ष ओम खड्काले संस्था र समितिले बितेको ५ बर्षमा गरेको काम र आगामी कार्ययोजना बारे प्रतिबेदन प्रस्तुत गरेका थिए ।
त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था समितिको १३ औँ साधरणसभा तथा अधिबेशनको उद्घाटन कार्यक्रममा सरकारी निकायका, प्रहरी, प्रशासनका प्रमुख भने अन्ुपस्थित देखिन्थे । सरकारी कार्यालयहरुमा खानेपानी कार्यालयका प्रमुख दुई जना कर्मचारी मात्र सहभागी रहेका थिए । १३ औँ साधरणसभा तथा अधिबेशनले आगामी ५ बर्षको लागि ९ सदस्यिय नयाँ कार्यसमिति निर्बाचित गर्नेछ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार