ट्राफिक प्रहरीलाई समस्या नै समस्या

२०७८ पुष ५ गते, सोमबार


उदयपुर, पुस ५ गते सोमबार
एक नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको संयुक्त संयोजनमा पुस ४ गते आईतबारदेखि उदयपुरमा एक हप्ता ट्राफिक सप्ताहा सुरु भएको छ । उदयपुर बाहेक एक नम्बर प्रदेशको सबै १४ वटै जिल्लामा ट्राफिक सप्ताहा सुरु भएको हो ।
आगामी पुस १० गते शनिबारसम्म संचालन हुने ट्राफिक सप्ताहामा उदयपुरमा सबै चालक, यात्रु, उदयपुरबासीहरु जनचेतना फैलाउनु पर्ने रहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी सुबास चन्द्र बोहोराले एक हप्ता भित्र ट्राफिक सप्ताहामा चालकहरुले यात्रुहरुलाई गन्तब्य ठाउँसम्म सुरक्षित यात्रा गराउन प्रमुख उदेश्य रहेको बताए ।
यस एक हप्तामा ट्राफिक सम्बन्धि बिभिन्न काम गर्ने भन्दै एसपी बोहोराले सवारी साधन दुर्घटनामा कमी ल्याउन यो कार्यक्रमलाई सदुपयोग गर्नको लागि सबैलाई सहयोग गर्न आब्हान गरे । सवारी दुर्घटना यात्रु, पैदलयात्रु, नागरिक, सवारी चालक, सवारी साधन सबै ठिक ठाउँ र नियममा चल्नुपर्ने यसैले सवारी दुर्घटना कमी हुने कार्यक्रममा बताईएको थियो । पुस ६ गते मंगलबार त्रियुगा नगरपालिकाको वडा नम्बर ११ गाईघाट बजार क्षेत्रमा पैदल यात्रामा हिड्ने पैदलयात्रुको अधिकारको निम्ति सडक, सडकपेटीमा राखिएको घर, भबन निर्माण सामाग्री उठाइने जनाईएको छ ।
कार्यक्रममा हिमाली यातायात प्राली उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले खुल्ला प्रतिस्पर्धाले सवारी दुर्घटना बढेको भन्दै यातायात ब्याबशायी सबै भन्दा तल्लो स्तरको पेशा भएकाले यातायात ब्यबस्थापन पहिलो कुरा भएको बताए । त्रियुगा नगरपालिकाका शाखा अधिकृत सामाजिक सुरक्षा शाखा प्रमुख बिश्वराज राईले गाईघाटबासी अबुझ र बुझेको कुरा बुझ पचाएको आरोप लगाए । जानी जानी सडकपेटीमा ढुङ्गा, गिटी, बालुवा, धान बिस्कुन, मोटरसाईकल ग्यारेज, पार्किङ राखेर गाईघाटबासीले सडकलाई कुरुप बनाएको आरोप लगाए । उनले सम्पुर्ण कार्यक्रममा सहभागी बिद्यार्थीले दुतको रुपमा काम गर्न अनुरोध गरे ।
त्रियुगा नगरपालिका ट्राफिक समन्धी कार्यक्रम गर्न तयार रहेकोले बजारको सबै समस्या सबैले मिलेर समाधान गर्नुपर्ने बताए । गाईघाट बजार क्षेत्र अहिले दैनिक लास उठाउनुपर्ने अबस्थामा रहेको बताए । उनले भने गाईघाट बजारमा क्षेत्रमा १४ अर्बको सडक बने पनि गाईघाटबासीको चेतनामा कुनै परिबर्तन नआएको बताए । त्रियुगा नगरपालिका वडा नम्बर १३ को वडाध्यक्ष पशुपती चौधरीले सवारी नियम गलत गरेर ट्राफिक प्रहरीलाई सवारीसाधन छोडिदिन फोन गर्न वडाध्यक्षलाई दबाब आउने गरेको बताए ।
त्रियुगा बसपार्क ब्यबस्थापन समितिका अध्यक्ष खेमराज यादब राहुल, लगायतले बोलेका थिए । कार्यक्रमका प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले सबै नागरिक मिलेर सडक सवारी दुर्घटना कम गर्नुपर्ने बताए ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार