रौता जान ४६ जना युवायुवती तयार

२०७८ पुष ८ गते, बिहीबार


गाईघाट, पुस ८
उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाका ४६ जना युवायुवतीले आफ्नो गाउँपालिकामा काम गर्न १० दिने तालिम लिएका छन् ।
मंसिर २७ गतेदेखि सुरु भएको तालिम पुस ७ गते बुधबार सम्म गाईघाट स्थित होटल कोहोबारमा उनीहरुले प्रशिक्षण लिएका हुन् । रौतामाई गाउँपालिकाको ८ वटै वडाका ४६ युवायुवती मध्ये ३३ जना युवती र १३ जना युवा रहेका छन् । कक्षा १० देखि १२, स्नातकसम्म अध्यन गर्ने यि युवायुवतीहरुले अब आफुले लिएको तालिम प्रशिक्षक भएर गाउँपालिकामा गएर ५४० जना युवायुवतीहरुलाई प्रशिक्षण दिनेछन् । गाउँघर तथा दुर्गम बस्तीतिर अझै समस्याको रुपमा रहेको बालबिबाहा अन्त्य गर्न सोही गाउँको युवायुवतीहरुको सक्रियता आबश्यक हु्ने भएकाले जाल्पा एकिकृत बिकास संस्थाले वल्डभिजन र रौतामाई गाउँपालिकाको सहयोगमा तालिम आयोजना गरिएको हो । २० बर्ष उमेर नपुगी युवायुवती हरु एक अर्कामा मिलेर भाग्ने बिबाहा गर्ने समस्या गाउँघर तथा सहर तिर पनि यो समस्या अझै कायम नै रहेको पाईन्छ । मुख्य रुपमा २० बर्ष मुनीका बालबालिकाहरुको उमेर चञ्चले तथा सहि निर्णय गर्न नसक्ने भएका कारण नै समाजमा यस्तो समस्या आईपर्छ । ति मात्र होइन समाजमा जडको रुपमा रहेको उपेक्षा, दुब्र्यबहार, बिभेद र हिंसा अन्त्य गर्न पनि समाजमा युवायुवतीहरुको महत्वपुर्ण भुमिका रहन्छ ।
उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाका युवायुवतीहरु अहिले गाउँपालिकाको बिकास, परिवर्तन गर्न एक ढिक्का भएर लागेका छन् । उदयपुर जिल्लाको आठ वटा पालिका मध्ये रौतामाई गाउँपालिकाले मात्र समाजमा भएको समस्याहरुलाई सम्बोधन गर्दै बिकास र परिवर्तनको लागि अभियान चालेका हुन् ।
१० दिने प्रशिक्षण, प्रशिक्षक कार्यक्रमको समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल, रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक सुबास चन्द्र बाहोरा, जिल्ला प्रहरी कार्यालय उदयपुरका महिला बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख प्रहरी नायब निरिक्षक उमा गुरुङ, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, गैर सरकारी संस्था महासंघ उदयपुरका अध्यक्ष सुमन परियार, जाल्पा एकिकृत बिकास संसथाका अध्यक्ष पुष्पराज पोखरेल सँग तालिममा सहभागी भएका युवायुवतीले प्रश्न राखी उत्तर सुनेका थिए ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार