उदयपुर अस्पताल कसले किन्ने ?

२०७८ पुष ९ गते, शुक्रबार


उदयपुर, पुस ९ गते शुक्रबार
जिल्ला अस्पताल उदयपुरको भबन रहेको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा अहिले तिन वटा पुराना भबनहरु अलपत्र अबस्थामा रहेको छ ।
यस अघि अस्पताल संचालन गरिदै आएको उक्त भबन अहिले अस्पतालकै लागि अप्ठेरो भएको छ । एक दशक अघि सोही भबन पछाडी दुई तले सुबिधा सम्पन्न भबन बने पछि जिल्ला अस्पताल रहेको यो पुरानो भबन अहिले लिलामी प्रक्रियामा रहेको छ । यो बाहेक पुरानो जिल्ला अस्पताल रहेको भबनको दायाँ तिरको दुई तले भबन र बाँया पटी रहेको शौचालय भबन पनि लिलामी प्रक्रियामा रहेको छ ।
जिल्ला अस्पताल उदयपुरका प्रशासन शाखाका प्रमुख बृष बहादुर खत्रीका अनुसार दुई बर्ष अघि लिलामीका लागि अस्पतालको पुरानो भबन ४५ लाख, दुई तले भबन २५ लाख र शौचालय १० लाखमा लिलामीमा राखिएको थियो । तर अहिले सम्म कसैले सो भबन भत्काएर लान चाहेनन् । मुल्य धेरै राखेको कारणले या त लिलामी प्रक्रियामा समस्या भएको कारण सो भबनहरु अहिले पनि जस्ताको तस्तै रहेको छ । जिल्ला अस्पताल उदयपुरको नयाँ भबन बनेसँगै यो पुरानो भबनले अस्पताल क्षेत्रलाई पनि ओझेलमा पारेको छ । पुरानो भबन अहिले जिर्ण अबस्थामा रहेको छ ।
सो भबनमा कुनै काम छैन अहिले । लिलामी प्रक्रियामा दुई बर्ष अघिदेखि गरिएको प्रयास पनि बिफल भएको छ । जिल्ला अस्पताल प्रशासन शाखा प्रमुख खत्रीका अनुसार लिलामी नभए पनि अस्पतालले भत्काउन नसक्ने र पुन अस्पताल ब्यबस्थापन संचालन समितिको बैठक बसाएर कम मुल्यमा लिलामी ठेक्का लगाई भत्काउने योजना अस्पतालको रहेको छ ।
तिन बिघा १५ कठ्ठा क्षेत्रफल रहेको जिल्ला अस्पताल गाईघाट बोक्सेको यो भबन भत्काउने हो भने अस्पताललाई अझ सरसफाई गार्डेन फुलबारी बनाउन सकिने छ । अहिले जिल्ला अस्पतालमा कार्यरत डाक्टर, नर्सहरुको निबास बनाउन नसक्दा अझै समस्या रहेको छ । जिल्ला अस्पतालको प्रशासनिक भबन नहुँदा अहिले बिरामी राख्ने ठाउँ भबनको दोस्रो तलामा प्रशासनिक काम भईरहेको छ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार