उदयपुरका लिम्बुहरुलाई चासोक नाच्ने ठाउँकै अभाब

२०७८ पुष ११ गते, आईतवार


बुद्धि कुमार राई
उदयपु, पुस ११ गते आईतबार ।


उदयपुर जिल्ला भर रहेका लिम्बु जातीहरुले आफ्नो महान चाड चासोक तङनाम २०७८ भब्यताका साथ गाईघाटमा मनाएका छन् ।
सरकारले लिम्बु जातीहरुको महान चाड चासोक तङनाम २०७८ को अबसरमा पुस ४ गते सार्बजनिक बिदा समेत दिएको थियो । उदयपुरको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, कटारी, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिकामा लिम्बु जातिहरु बसोबास गर्दै आएको छ । बिशेष गरेर उदयपुरमा धनकुटा, इलाम, तेह्रथुम, पाँचथर, ताप्लेजुङबाट बसाई सरेर लिम्बु जातीहरु आएका हुन् ।
चासोक तङनाम पुस ४ गते नै परे पनि त्रियगा नगरपालिका गाईघाट आसपासका लिम्बु जातीहरुले शनिबार मात्र मनाए । आफ्नो कुल देवताहरुको पुजा सामुहिक रुपमा मनाउन गाईघाट बोक्से सुगमटोल स्थित खोलाम किनारमा आएका रुद्र आङ्ला लिम्बु शनिबार पुजा गर्ने तयारीमा ब्यस्ता थिए । उनी धनकुटा जिल्ला बाट उदयपुर बसाई सरी आएका हुन् । तेह्रथुम हुँदै खोटाङ भएर उदयपुर गाईघाट बसाई सरी आएका कुमार तुङमसाँवा लिम्बु लगायतले उदयपुरमा पहिलो पटक २०६२ सालमा किरात याक्थुङ चुम्लुङ स्थापना गरेका हुन् । उक्त समिति अहिले त्रियुगा नगर समितिमा परिमार्जन भएको छ । समितिको दोस्रो अध्यक्ष मनोज लिम्बु भए । त्यस पछि अहिले श्याम एक्तेन लिम्बु किरात याक्थुङ चुम्लुङ त्रियुगा नगर सम्वनय समितिका अध्यक्ष रहेका छन् ।
अध्यक्ष लिम्बु भन्छन् हामी उदयपुरको सम्पुर्ण लिम्बु जातीहरुको संस्कार, संस्कृति, जगेर्ना गर्नको लाग मन्दिर बनाउने हाम्रो योजना छ तर हामी जग्गा अभाबमा भौतारिरहेका छौँ उनी दुखेसो गर्दछन् । उनी भन्छन् हामी बर्षमा दुई पटक मंशिरे पुर्णिनामामा चासोक तङनाम र बैशाखे पुर्णिमामा उभौँली मनाउने गर्दछौँ । उदयपुर गाईघाटमा सबै जात जातीको लागि भबन, मन्दिर बनाउने स्थानिय सरकारले जग्गा दिएको छ । स्थानिय सरकारले लिम्बुहरुको पुजा घर माङखिम घर बनाउने जग्गा दिए हाम्रो धर्म, संस्कार, संस्कृति बचाउन मदत पुग्ने थियो अध्यक्ष लिम्बुले बताए । स्थानिय सरकारलाई आफुहरुको संस्कृति संरक्षणको निम्ती माङखिम घर बनाउन सहयोग गर्नुपर्ने बताए । उदयपुर जिल्लामा त्रियुगा नगरपालिकामा ५० घरधुरी, बेलका नगरपालिकाको भागलपुरमा ३० घरधुरी त्यस्तै बेलका नगरपालिका रामपुर, गुरुङचौरी, कटारी लगायत उदयपुरको बिभिन्न ठाउँमा लिम्बु जातीहरुको बसोबास रहेको छ ।
उदयपुरमा लिम्बु जातीहरुको सङ्ख्या ३०० को सङ्ख्यामा रहेको अध्यक्ष श्याम लिम्बुले बताए । अध्यक्ष लिम्बु भन्छन् स्थानिय सरकारले हाम्रो संस्कार, संस्कृति, भाषा, भेष जगेर्ना गर्नु स्थानिय सरकारको दायित्व हो । लिम्बुहरुको माङ्खिम मन्दिर घर बनाउँदा सो मन्दिर हेर्न आउने आन्तरिक पर्यटक समेत बढ्नेछ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार