राधाकृष्ण मन्दिरको जिम्मा रमेशलाई

२०७८ पुष ११ गते, आईतवार


मुलुकी संबाददाता
गाईघाट, पुस ११ गते आईतबार ।


उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्से डाँडामा रहेको धार्मिक पर्यटनको सम्भाबना बोकेको राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिको चौथो अधिबेशनले समाजसेवी रमेश आचार्यलाई अध्यक्षमा सर्बसम्मत नेतृत्वमा चयन गरेको छ ।
पुस १० गते शनिबार मन्दिरको प्राङ्गणमा सम्मपन्न अधिबेशनले रमेश आचार्यको अध्यक्षतामा २१ सदस्यिय राधाकृष्ण मन्दिर ब्यस्थापन समिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा पदम लाल लम्साल , सचिबमा गोपाल श्रेष्ठ, सह–सचिबमा उदय बस्नेत, कोषाध्यक्षमा कुलचन्द्र श्रेष्ठ रहेका छन् । कार्यसमितिको सदस्यहरुमा बित्त बहादुर थापा, कालिदास पोखरेल, टिकाराम श्रेष्ठ, गणेश घिमिरे, मणी कुमार खत्री, योगराज बस्नेत, दानी प्रसाद चौधरी, रमेश कार्की, मिना बस्नेत खड्का, जिबन कुमार पोखरेल, परमेश्वर दास, बिमला श्रेष्ठ ढुङ्गेल, भक्त कुमारी खत्री, तुलसी श्रेष्ठ, अर्पना कुमारी कार्की र योगेश्वर घिमिरे रहेका छन् ।
२०५७ सालमा स्थापना भएको यस राधाकृष्ण मन्दिर ब्यस्थापन समितिका संस्थापक अध्यक्ष रत्न बहादुर श्रेष्ठ रहेका थिए । तिन बर्षे कार्यकाल रहने समितिको दोस्रो कार्यकालको अध्यक्ष समेत उनै रत्न बहादुर श्रेष्ठ रहेका थिए । तेस्रो अधिबेशनबाट हरि बहादुर श्रेष्ठ अध्यक्ष भएका थिए भने चौथो अधिबेशनले यस अघिको कार्यसमितिको सचिब रमेश आचार्यलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।
गाईघाट बजार क्षेत्रको माथि डाँडामा राधाकृष्ण मन्दिर रहेकाले धार्मिक पर्यटनको धेरै राम्रो सम्भाबना रहेको नब गठित समितिका अध्यक्ष आचार्यको भनाई रहेको छ । अध्यक्ष आचार्य भन्छन् मन्दिर रहेको अगाडी भागबाट गाईघाट बजारलाई प्रत्यक्ष देख्न सकिन्छ । दुई बिगाहा क्षेत्रमा फैलिएको मन्दिरको संभाबना धेरैरहेपनि प्रर्याप्त बजेट नहुँदा काम गर्न नसकिरहेको अध्यक्ष आचार्य बताउँछन् ।
अहिले मन्दिर क्षेत्रलाई ब्यबस्थित बनाउन मन्दिर क्षेत्रमा बिबाहा मन्डप बनाउने, टाइलिङ राख्ने, नियमित पुजा गर्ने पुजारी राख्ने काम गर्ने नयाँ कार्ययोजना रहेको अध्यक्ष आचार्यको योजना रहेको छ । अध्यक्ष आचार्य भन्छन अहिले समाजमा पार्टी प्योलेसमा महङ्गो र भड्किलो बिबाहा परम्परालाई सस्तो र सरल मुल्यमा गराउन मन्दिरले बिबाहा मन्डप बनाउने योजना रहको छ । समाजलाई सुधार तर्फ लान धार्मिक पर्यटनले महत्वपूर्ण योगदान राख्ने भन्दै त्यस तर्फ पनि समितिको योजना रहेको छ ।
अहिले सम्म कुनै पनि निकायले बजेट नदिने हुँदा यो बर्ष त्रियुगा नगरपालिकाले मन्दिर रङग रोगन गरिदिएको हो । अब मन्दिरलाई थप ब्यबस्थित गर्न स्थानिय, प्रदेश र संघिय सरकारलाई समितिले योजना पेश गर्ने लक्ष्य राखेको छ । हाल सम्म मन्दिरमा रहेको पुजारी, सरसफाई गर्ने ब्याक्तिलाई भेटी, दान, चन्दाबाट कठिन रुपले चलाईरहेको छ । मन्दिरलाई धार्मिक पर्यटनको बिकास गर्न मन्दिरको प्रचार प्रसार, गाईघाटमा, उदयपुरमा आउने आन्तरिक पर्यटकलाई होटलवालाहरुले घुम्न अनरोध गर्ने घुमाउने, घुम्न अनुरोध गर्ने कार्य गरेमा मन्दिरको प्रचारप्रसार हुनेछ । यसको लागि सबै सँग समितिले अनुरोध गर्ने भएको छ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार