स्वास्थ्य केन्द्र स्थापना भएपछि ग्रामिण भेगका स्थानिय खुशी

२०७८ पुष २१ गते, बुधबार


बुद्धि कुमार राई
त्रियुगा, धाप्लाङ, पुस
२२

उदयपुर साउने धाप्लाङ बाजगराकी ४८ बर्षिय इन्द्र कुमारी माझिलाइ ज्वरोको औषधि निशुल्क स्वास्थ्य चौकिबाट लिन २ घण्टाको उकालो बाटो हिडेर स्वास्थ्यचौकी साउने पुग्नुपर्ने बाध्यता पुस २१ गते बुधबार देखि हटेको छ ।
त्रियुगा नगरपालिकाले बुधबारदेखि बाजगरामै आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिदिएपछि यो भेगका नागरिकहरुको समस्या टरेको हो । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने धाप्लाङ बाजगरामा अहिले पनि दुई वटा निजि स्तरको स्वास्थ्य क्लिनिक चालू अबस्थामा रहेका छन । सुनकोशीको पुल वारि उदयपुर तिर निजि कोशी उपचार स्वास्थ्य केन्द्रका संचालक अहेब घमान सिङ तामाङले संचालन गरेका छन भने कोशी पुल पारी खोटाङ तर्फ अर्का एक निजि स्वास्थ्य क्लिनिक संचालनमा रहेको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने उदयपुरको तल्लो भेग धाप्लाङ सुनकोशी किनारका २५० बढी जनसङख्याको उपचार औषधिको भर यहि दुई निजि स्वास्थ्य केन्द्रले भर ठेग गर्दै आएको थियो । कोशी वारि उदयपुरको धाप्लाङ, बाजगरा, सिम्ले, घिर्लिङ, कम्पुघाटका स्थानिय र कोशी पारी खोटाङ जिल्लाको बाराहा पोखरी गाउपालिकाको विभिन्न वडाहरु लगायत, वडा नम्बर ४ फाक्टाङ गाउका स्थानिय नागरिकहरुलाइ सामन्य ज्वरो आउदा, घाँस दाउरा गर्दा चोट पटक लाग्दा प्राथामिक उपचार गर्नको लागि २ घण्टा उकालो बाटो हिडेर साउने पुग्नु पर्ने बाध्यता हटेको छ । गाउमै सरकारी आधारभुत स्वास्थ्य केन्द्र स्थापना भए सङ्गै स्थानिय निजि कोशी स्वास्थ्य केन्द्रका संचालक घमान सिङ तामाङ समेत खुशी भएका छन । गाउमा निजि स्तर बाट स्वास्थ्य क्लिनिक चलायका उनी गाउमै निशुल्क नागरिकले स्वास्थ्य उपचार पाउने भएपछि खुशी भएका हुन ।
कृषि पेशामा जिबिकोपार्जन गर्दै आएका कृषक हरु सामान्य तथा ठुलै चोटपटक लाग्दा समेत निजि क्लिनिकमा पैसा तिरेर औषधि उपचार गर्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम गाइघाटदेखि साउनेसम्म २३ किलोमिटर र साउनेदेखि ५ किलोमिटर ओरालो सुनकोशी धाप्लाङ झरेपछि बाजगरा पुगिन्छ । बाजगरामा, सिम्ले, घिर्लिङ, कम्पुघाटमा माझि, नेवार, तामाङ, मगर, श्रेष्ठ समुदायको मानिस बढि बसोबास गर्छन । २५० बढि जनसङ्ख्या रहेको त्रियुगा नगरपालिकाको वडा नम्बर १४ साउने धाप्लाङ बाजगरा, घिर्लिङ, सिम्लेका स्थानिय नगरबासिले पुस २१ गते बुधबारदेखि गाउमै आधारभुत स्वास्थ्य केन्द्रको सुबिधा पाए पछि उनिहरुमा खुशी छाएको छ ।
बुधबार त्रियुगा नगरपालिकाका नगर प्रमुख मेयर बलदेब चौधरी, उपप्रमुख उपमेयर देबि कुमारी चौधरी, त्रियुगा नगरपालिकाका सामाजिक बिकास समितिका सम्योजक तथा त्रियुगा नगरपालिका वडा नम्बर १६का वडाअध्यक्ष मान बहादुर राई, वडा नम्बर १४ साउने का वडा अध्यक्ष कुरुङ राइले सयुक्त रुपमा उदघाटन गरे । अब आधारभुत स्वास्थ्यकेन्द्र बाजगराबाट २२ थरिको विभिन्न किसिमका औषधीहरु निशुल्क रुपमा जनताले पाउनेछ ।
यी बाहेक प्राथामिक उपचार केन्द्र, प्रेसर नाप्ने, गर्भवती महिलाको स्वास्थ्य चेक जाच गर्ने, गर्व निरोध को औषधि निशुल्क पाउने भएपछि नागरिकमा स्वास्थ्य सेवामा सुधार आउनेछ । यस अघि यो बाजगरामा खोप केन्द्रको भबन रहेको थियो सोही भबनलाई अहिले आधारभुत स्वास्थ्य सेवा केन्द्रमा स्तरउन्नती गरिएको हो । सडक भन्दा केही माथी कार्यालय रहेकाले यसलाइ सडकमै झार्ने योजना वडाले बनाएको छ ।
नया आधारभुत स्वास्थ्य केन्द्रको प्रमुख को रुपमा अनमी अरुल पण्डितले जिम्मेवारी पाएका छन । धाप्लाङको पुल बाजगरादेखी ५ किलोमिटर पुर्ब दछिण ढुङ्ग्रेखोला चौदण्डिगढी नगरपालिकाको सिमानासम्म को स्थानिय, छिमेकी जिल्ला खोटाङ बाराहा पोखरी गाउपालिकाको वसा नम्बर ४ को तल्लो भेगको नागरिकले समेत अब स्वास्थ्य सेवा पाउनेछ । आधारभुत स्वास्थ्यकेन्द्र उदघाटन कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिकाका नगर प्रमुख मेयर बलदेब चौधरीले नगरबासिको स्वास्थ्य मजबुत र सबै नगरबासि स्वस्थ रहन नगरपालिका हरकदम लागि परेको बताय । साउने धाप्लाङको पर्यटन प्रबर्द्धन गर्न यस स्वास्थ्य केन्द्रको पनि ठुलो महत्व रहने भएकाले यसको स्तरबृदी गर्न नगरपालिका तयार रहेको बताए ।
उदघाटन कार्यक्रमका विशिष्ट अतिथी उप मेयर देबि चौधरीले नगर पालिका भित्रको महिलाहरुको स्वास्थ्य उपचारमा नगरपालिक सदैब लागिपरेको र त्यसको लागि यश भेग को महिलाहरुको स्वास्थ्य उपचारमा यस आधारभुत स्वास्थ्यकेन्द्रलाइ स्तरउन्नती गरि बर्थिङ सेन्टरको रुपमा सुधार गर्न जरुरी रहेकोले नगरपालिकाको ध्यान त्यता गएको बताइन । त्रियुगा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक तथा वडा नम्बर १६ जाल्पाका वडाध्यक्ष मान बहादुर राईले अहिले नगरपालिकाले सबै वडालाई स्वास्थ्यको पहुँचमा राख्ने अभियानमा रहेको बताए ।
कार्यक्रमका अध्यक्ष तथा त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका अध्यक्ष कुरुङ राईले अब साउने वडाको बिकास तिब्र रुपमा भएको बताए । कार्यक्रममा त्रियुगा नगरपालिका स्वास्थ्य शाखा सह– संयोजक अबोध नारायण चौधरी, वडा सदस्य हेम मगर, नेकपा एमालेका वडा सचिब घमान सिङ तामाङ, नेपाली काङ्ग्रेसका प्रतिनिधि बिर्ख बहादुर मगर, नेकपा माओबादीका साउने वडाका अध्यक्ष बेद बहादुर राई, वडा कार्यालय साउनेका सचिब रित कुमार राउतले बोलेका थिए ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार