आधारभुत स्वास्थ्य केन्द्रले नागरिक लाभान्तित

२०७८ पुष २६ गते, सोमबार

बुद्धि कुमार राई
गाईघाट, पुस २६


त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से करमगाछी उदयपुरकी महिला ललिता बिक पुस २३ गते शुक्रबार घर छेउमै रहेको आधारभुत स्वास्थ्य केन्द्रमा आएर आफ्नो स्वास्थ्य जाँच चेक गराईन । जिल्ला अस्पतालदेखि डेढ किलोमिटर दुरीमा रहेको करमगाछी स्थित आधारभुत स्वास्थ्य केन्द्र १५ महिना अघिदेखि संचालनमा आएको हो ।

करमगाछी बोक्सेमा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा अहिले दुई जना अनमी, एक जना अहेब र एक जना कार्यालय सहयोगीले सेवा दिईरहेको छ । सो आधारभुत स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख इन्चार्ज हुन अनमी निरु बुढाथोकी । अनमी निरु बुढाथोकी भन्छिन् वडा–वडामा आधारभुत स्वास्थ्य केन्द्र संचालनमा आउनाले सबैभन्दा बढि बृद्धबृद्धा, बालबालिका, महिला बढि लाभान्ति भएको बताउँछिन् ।

त्रियुगा नगरपालिका उदयपुरका सामाजिक समितिका संयोजक तथा त्रियुगा नगरपालिका वडा नम्बर १६ जाल्पाका वडाध्यक्ष मान बहादुर राईका अनुसार नगरपालिकाले नगर क्षेत्रको नागरिकको स्वास्थ्यलाई उच्च प्राथामिकतामा राखी वडा–वडामा आबश्कता अनुसार आधारभुत स्वास्थ्य केन्द्र संचालनमा ल्याएको बताए । संयोजक राईका अनुसार त्रियुगा नगरपालिकाले पाँच बर्षे आफ्नो कार्यकालमा वडा – वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको बताए । हालसम्म त्रियुगा नगरपालिकाले १६ वटा वडाहरुमा ६ वटा स्वास्थ्य चौकी, १५ वटा आधारभुत स्वास्थ्य केन्द्र संचालनमा ल्याएको बताए । त्रियुगा नगरपालिकाको वडा नम्बर १ जोगिदह, ५ देउरी, ७ चुहाडे, १४ साउने, १५ खाँबु, १६ जाल्पा चिलाउनेमा अहिले स्वास्थ्य अधिकृत सहितको स्वास्थ्यकर्मीको नेतृत्वमा सेवा दिईरहेको संयोजक राईले बताए ।


त्यस्तै अहिले त्रियुगा नगरपालिकाको वडा नम्बर ५ देउरीमा रहेको स्वास्थ्य चौकीमा नगरस्तरीय अस्पतालको रुपमा बिकास गरेको जनाईएको छ । त्यस्तै आबश्कता हेरी नगरपालिकाले स्टार्फ नर्स, अनमी, अहेबको नेतृत्वमा त्रियुगा नगरपालिकाको १६ वटा वडामा १५ वटा आधारभुत स्वास्थ्य केन्द्र संचालनमा रहेको छ । त्रियुगा नगरपालिकाको वडा नम्बर २ खैजनपुरमा एक वटा, वडा नम्बर ३ मोतिगडामा एक वटा, वडा नम्बर ४ बगाहामा एक वटा, वडा नम्बर ६ जलजलेमा दुई वटा, वडा नम्बर ७ चुहाडेमा एक वटा, वडा नम्बर ८ राजाबासमा एक वटा, वडा नम्बर ९ राटमाटे गहिरुनमा मा

एक वटा, वडा नम्बर १० बोक्सेमा एक वटा, वडा नम्बर ११ मा १ वटा, वडा नम्बर १२ मा एक वटा, वडा नम्बर १४ साउनेमा एक वटा, वडा नम्बर १६ जाल्पा चिलाउनेमा २ वटा आधारभुत स्वास्थ्य केन्द्रहरु संचालनमा रहेको छ । त्रियुगा नगरपालिका उदयपुरको अनुसार वडा नम्बर १ जोगिदह, वडा नम्बर ५ देउरी, वडा नम्बर ११ गाईघाट, वडा नम्बर १२ पुरानोगाईघाट, वडा नम्बर १५ खाँबु, वडा नम्बर १६ जाल्पा चिलाउने गरी ६ स्थानमा ल्याब सेवाको समेत सुबिधा रहेको जनाईएको छ ।


त्रियुगा नगरपालिकाको वडा नम्बर ७ चुहाडेमा एक स्वास्थ्य चौकी र एक वटा आधारभुत स्वास्थ्यकेन्द्र, वडा नम्बर १४ साउनेमा एक वटा स्वास्थ्य चौकी र एक वटा आधारभुत स्वास्थ्य केन्द्र, वडा नम्बर १६ जाल्पा चिलाउनेमा एक वटा स्वास्थ्य चौकी र दुई वटा आधारभुत स्वास्थ्यकेन्द्र संचालनमा रहको छ । त्रियुगा नगरपालिका वडा नम्बर ११ गाईघाट साकेलाटोलमा रहेको आधारभुत स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख इन्चार्ज स्टाफ नर्स रन्जना चौधरी भन्छिन् यो स्वास्थ्य केन्द्रले दैनिक नगरबासी टोलबासीको स्वास्थ्य स्थितिमा टेवा पुर्याईरहेको छ ।

आधारभुत तहको उपचार गाउँ टोलमै आएर सजिलो र सहज रुपमा सेवा नगरबासी, वडाबासी सेवाग्राहीहरुले सेवा लिईरहेको छ ।
हामी अहिले तिन जनाले यो स्वास्थ्य केन्द्र संचालन गरीरहेका छौ । कार्यालय प्रमुख इन्चार्ज स्टार्फ नर्स रञ्जना चौधरी, अनमी कबिता चौधरी र कार्यालय सहयोगी कमला आचार्यले वडा बासी, नगरबासी जो कोही पनि आएर सेवा सजिलो रुपमा लिन सक्नेछ चौधरीले बताईन । अहिले गाईघाटस्थित साकेलाटोलमा रहेको आधारभुत स्वास्थ्यकेन्दबाट बिभिन्न प्रकारका २२ किसिमका औषधीहरु निशुल्क पाईने पनि उनले बताईन । आधारभुत स्वास्थ्य केन्द्र गाईघाट साकेलाटोलमा वडा नम्बर १३ को भुस्ने, असारी, पुरानोगाईघाट, साकेलाटोल, ढिम्की, शिबालयटो पायक पर्ने आसपासका स्थानिय नगरबासीले दैनिक सेवा लिईरहेका छन् ।


दैनिक रुपमा १५ जना सम्म सेवाग्राहीले सेवा लिदै आएको आधारभुत स्वास्थ्य केन्द्र गाईघाट साकेलाटोलमा मासिक १५० जना र चालु आर्थिक बर्षको साउन यता ६ महिनामा पुरानो बाहेक ३३० जना नयाँ सेवाग्राहीले सेवा लिएको तथ्याङ्कले देखाएको छ । त्रियुगा नगरपालिकाका उदयपुरका नगर प्रमुख मेयर बलदेब चौधरी भन्छन् नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई प्रम्ुख प्राथामिकतामा राखी काम गरिरहेको र आगामी दिनमा यि आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीको स्तरउन्नती गर्ने योजनामा रहेको बताए ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार