नेतृत्व छान्न आएका प्रतिनिधि नाचगानमा ब्यस्त

२०७८ पुष २६ गते, सोमबार

मुलुकी संबाददाता
उदयपुर, पुस २६

नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिबेशनमा आएका प्रतिनिधिहरु खाली भएपछि दिनभर गाईघाट स्थित टाउनहलमा नाचगानमा ब्यस्त भए ।
पुस २३ गते शुक्रबारदेखि सुरु भएको नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिबेशनको तेस्रो दिन आईतबार पनि बन्दशत्रमा प्रतिनिधिहरुले आफ्नो अधिकार प्रयोग गर्न पाएन । बन्दशत्रबाट निर्बाचनमा मत दिन आएका ९२४ जना प्रतिनिधिहरु अधिबेशन स्थलमा निरास देखिन्थे । तिन दिन बितिसक्दा समेत बन्दशत्र अलमलमा परेको छ । नयाँ नेतृत्वको लागि धेरै आकाक्षी देखिएपछि निर्बाचन मन्डल सहमतीको रटान लगाउँदै प्रतिनिधिहरुलाई थकाउने र गलाउने मनस्थितिमा देखिएको छ ।
एमाले त्यहि पार्टी हो जुन पार्टीले यस अघि त्रियुगा नगर कमिटिको अधिबेशनमा पनि सहमती भन्दै बन्दशत्र लम्बाएर प्रतिनिधिहरु र उमेदबारलाई गलाएर, वाक्क बनाएर नै नगर अध्यक्षमा उठेका सिर्जना दनुवार र केशब घिमिरेलाई सहमति गराउन बाध्य पारेका थिए । जसमा सिर्जना दनुवार पछि हटि केशब घिमिरेलाई अध्यक्ष बनाएका थिए । अहिले पनि जिल्ला अधिबेशनमा जिल्लाभर बाट आएका प्रतिनिधिहरु गाईघाट बजारको होटल भरी छरिएर रहेका छन् तिन दिन बितिसक्दा पनि सहमतिको रटानमा निर्बाचन मण्डलका अध्यक्ष एमाले केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज मञ्जु चौधरी लागिपरेका छन् ।
उनी नेतृत्वको ९ सदस्यिय निर्बाचन मण्डलले उमेदवारहरुलाई र्याखर्याख्ती पारिरहेको छन् । आईतबार तेस्रो दिन पनि दिनभरीको सहमतीको प्रयास बिफल भएपछि सोमबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको थियो । अधिबेशनमा आएका प्रतिनिधिहरुको कुरा अधिबेशनमा सुनुवाई नभएपछि ९२४ जना प्रतिनिधिहरु नाचगानमा ब्यस्त भए । फोटो खिच्नमा ब्यस्त भएका छन् । आज सोमबार चौथो दिन पनि सहमती ह्ुन सङ्केत देखिएको छैन । अधिबेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिब, एक महिला समाबेशी सहित दुई उपसचिब सहित १०५ सदस्यिय जिल्ला कमिटी निर्बाचित गर्नुपर्नेछ ।

ताजा

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु

२०७८ माघ ५ गते, बुधबार

अब्बल बन्दै गाईघाटको महिला फुटबल

२०७८ माघ ५ गते, बुधबार

लिमचुङबुङ गाउपालिकाको च्याउउप भोक्ताको पहिलो रोजाई बन्द

२०७८ माघ ५ गते, बुधबार

सवारी दुर्घटना रोक्न ट्राफिक कडाई बन

२०७८ माघ ५ गते, बुधबार

गाईघाटमा अर्को बिकल्प खेलमैदान बन्दै

२०७८ माघ ५ गते, बुधबार

एमाले हराउन गठबन्धन सरकारका पाँच दल बलियो

२०७८ माघ ५ गते, बुधबार

फोक्सिन्टार पुल बन्द

२०७८ माघ ५ गते, बुधबार

एनआरटी छैठाँै स्थानमा उक्लियो

२०७८ माघ ४ गते, मंगलवार

राधाकृष्ण मन्दिर बोक्सेको बिकासमा सबै जुट्दै

२०७८ माघ ४ गते, मंगलवार

फोनिजको कसमले पोल्नेछ – अध्यक्ष थापा

२०७८ माघ ४ गते, मंगलवार