विराटनगर । डेन्टल चिकित्सकको २४ औं राष्ट्रिय सम्मेलन शनिबार विराटनगर हुँदैछ ।
‘मानव शरीरको महत्वपूर्ण अङ्ग दातको उपचारमा ढिलाइ नगरौं, समयमै उपचार गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय सम्मेलन विराटनगरमा हुन लागेको नेपाल डेन्टल एशोसिएशनका केन्द्रीय अध्यक्ष प्रणयरत्न शाक्यले जानकारी दिए ।
डेन्टल एशोसिएशन मोरङ शाखाको आतिथ्यमा हुने राष्ट्रिय सम्मेलनमा ४ सय बढी चिकित्सकहरूको सहभागिता हुनेछ ।
देशभरका दन्तरोग विशेषज्ञहरुले उपचार सेवामा गरेको प्रगतिबारे सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने र त्यो कार्यपत्रमाथि छलफल हुने अध्यक्ष प्रणयरत्न शाक्यले बताए ।
एशोसिएशन मोरङ शाखाका अध्यक्ष डा. पवन मेहताले शनिबार बिहान राष्ट्रिय सम्मेलनको पहिलो सत्र र साँझ दोस्रो सत्रको कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।
सम्मेलनमा १६ जना विशेषज्ञ चिकित्सकहरूले दन्त रोगको उपचार पद्दति र सेवाको बारेमा आफ्ना धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।