अर्जेन्टिनाको जितमा कप्तान मेस्सीको ह्याट्रिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन ३०, बुधबार ०९:३७

विराटनगर । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गर्दा अर्जेन्टिनाले बोलिभियालाई ६–० ले पराजित गरेको छ ।

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० गोल अन्तरले पराजित गरेको हो । बाेलिभियालाई पराजित गर्दा मेस्सीले ह्याट्रिकसहित दुई गाेलका लागि असिस्ट गरे ।

Advertisement

अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले ह्याट्रिक गरे । थियागो अल्मडा, जुलियन अल्भारेज र लौटरो मार्टिनेजले १–१ गोल गरे ।

खेलको १९ औं मिनेटमा कप्तान मेस्सीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । मार्टिनेजले ४३औं मिनेटमा दोस्रो गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई ३–० मा पुर्याए ।

खेलको ६९औं मिनेटमा गोल गर्दै अल्मडाले गोल गरे । मेस्सीले ८४ औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

अर्जेन्टिना १० खेलमा २२ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा पराजित बोलिभिया समान खेलबाट ११ अंकका साथ ७ औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.