काठमाडौं । मुलुकभर डेंगु संक्रमितमध्ये हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । २२ हजार ८२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
मुलुकभरका ७७ मध्ये ७६ जिल्लामा डेंगु फैलिसकेको छ । काठमाडौं डेंगुको ‘हटस्पट’ बनेको छ ।
काठमाडौंमा हालसम्म ३ हजार ५ सय ९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । काठमाडौंपछि कास्कीमा ३ हजार १ सय ८८ जनामा डेंगु देखिएको छ ।
डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । यसबाट बच्न उच्च सवाधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।