चक्रवाती आँधी दानाका कारण भारतमा ३ सय उडान, ५ सय रेल रद्द

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ९, शुक्रबार ०८:२४

विराटनगर । चक्रवाती आँधी ‘दाना’का कारण भारतमा उडान र यातायात प्रभावित भएको छ ।

बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा दानाको असर बढी देखिने चेतावनी भारतको मौसम बिभागले दिएको थियो । ओडीसहाको तटमा ठुलो बर्षासहित आँधी आएको छ ।

Advertisement

आँधी र तुफानका कारण तीन डुंगा पल्टिदा १६ जना माछुवर बेपत्ता भएका छन् । आँधीका कारण ३०० उडान रद्द गरिएको र ५५० भन्दा बढी रेल रद्द गरिएको छ ।

सरकारले दाना आँधीले गर्ने सम्भावित क्षतिपछिको राहत र उद्धारका लागि २८८ टिम तैनाथ गरेको बताएको छ ।

भारतीय मौसम विज्ञान विभागको आँधीको चेतावनीपछि पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ ।

ओडिशाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट पर्यटकलाई बाहिर निकालिएको छ । प्रदेशका १४ जिल्लाका सबै विद्यालय बन्द गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.