हिजबुल्लाहकाे नयाँ नेता बने कासिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १३, मंगलबार १५:११

विराटनगर । हिजबुल्लाहको नयाँ नेतामा नाइम कासिम चुनिएका छन् ।  इजरायलले गत महिना लेवनानमा रहेकाे हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको हत्या गरेपछि हिजबुल्लाहले नयाँ महासचिवमा नियुक्त गरेको हो । जसको जानकारी मंगलबार विज्ञप्ति मार्फत दिइएको छ ।

हिजबुल्लाहको वरिष्ठ परिषदले नेतृत्व चयनको प्रक्रिया अनुसार निर्णय गरेको बताएको छ । कासिम मोहम्मदको प्रामाणिक इस्लाम र हिजबुल्लाहको मूल सिद्धान्तप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

Advertisement

कासिम यसअघि हिज्बुल्लाहको सेकेन्ड इन कमान्ड थिए । यसअघि उनले इजरायलीहरूलाई लेबनानमा युद्धविराम स्वीकार गर्न वा पीडाको सामना गर्न तयार रहन आह्वान गरेका थिए ।

इजरायली आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि भएको छ । इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।

यो घटनापछि इजरायल र अमेरिकाले खुसी व्यक्त गरेका छन् । इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.