पूर्वमुमा बडामहारानी अस्पताल भर्ना

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १९, सोमबार १२:०४

काठमाडौं । पूर्वमुमा बडामहारानी ९६ वर्षीया रत्न राज्यलक्ष्मी शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आइतबार राति थापाथलीस्थित अस्पतालमा भर्ना गरिएको हो । शाहको छातीमा संक्रमण देखिएको छ भने घाँटीमा कफ जम्ने समस्या रहेको चिकित्सकले बताएका छन् ।

चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ । स्वास्थ्य अवस्था ठीक भएपछि उनलाई डिस्चार्ज दिइने अस्पतालले जनाएको छ ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक १९, सोमबार १२:०४
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.