अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पले अग्रता बढाए

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक २१, बुधबार १०:३३

एजेन्सी । अमेरिका राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले अग्रता बढाउँदै लगेका छन् ।

५० राज्यमध्ये ३७ राज्यको नतिजा सार्वजनिक हुँदा ट्रम्पले अग्रता बढाउँदै लगेका हुन् । ३७ राज्यमध्ये २४ मा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र १३ वटामा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जितेकी छन् ।

डेमोक्रेटिक पार्टीको राम्रो मानिएको क्षेत्रमा ह्यारिसको पक्षमा नतिजा आएको छ । रिपब्लिकनको राम्रो मानिएको ट्रम्पको पक्षमा नतिजा आएको छ ।

निर्णायक मानिएको ७ स्वीङ स्टेटको नतिजा नआएसम्म नतिजा कसको पक्षमा जान्छ भन्न नसकिने समाचारमा जनाइएको छ ।

अमेरिकाको ५० स्टेटमा ५३८ इलेक्टोरेल मत (सिट)का लागि चुनाव भएको हो । बहुमतका लागि २७० इलेक्टोरेल भोटको आवश्यक पर्दछ । अहिलेसम्म ट्रम्पले २३० इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् र ह्यारिसले १८७ भोट प्राप्त गरेकी छन् ।

यो चुनावमा ट्रम्पले जितेमा ४ वर्षपछि पुनः ह्वाइटहाउस जानेछन् । ह्यारिसले जितेमा पहिलो अमेरिकी महिला राष्ट्रपति बन्नेछिन् ।

 

 

clockप्रकाशित मिति:  २०८१ कार्तिक २१, बुधबार १०:३३
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.