एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प बहुमतनजिक पुगेका छन् ।
अब ९ वटा राज्यको मात्र मतगणना बाँकी छ । अहिलेसम्म ४१ वटा राज्यको मतगणना भइसकेको छ । अमेरिकामा ५० राज्य छन् ।
४१ वटा राज्यको मतपरिणाम सार्वजनिक हुँदा २६ वटामा ट्रम्प र १५ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएकी छन् ।
५३८ इलेक्टोरल कलेज मतमध्ये बहुमतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ । ट्रम्पले २४६ इलेक्टोरल मत पाएका छन् । ह्यारिसले २१० इलेक्टोरल मत पाएकी छन् ।
दुवैबीच ३६ इलेक्टोरल मतको अन्तर छ । अब बाँकी राज्यमध्ये ५ राज्यमा ट्रम्पको अग्रता छ । २ राज्यमा मतगणना सुरु हुन बाँकी छ ।