भुटानका राजा नेपाल आउँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २१, शुक्रबार ०७:४८

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक भारत भ्रमणबाट स्वदेश फर्कनुअघि आज काठमाडौं आउँदैछन् । उनी धार्मिक भ्रमणका लागि आउन लागेका हुन् ।

रानी तेत्सुन पेमा वाङचुकसहित करिब पाँच घण्टा काठमाडौंमा रहनेछन् ।

भुटानका राजा काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भु जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि उनी बौद्ध जाने छन् । बौद्धको पूजापाठ पछि उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् ।

clockप्रकाशित मिति:  २०८१ मंसिर २१, शुक्रबार ०७:४८
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.