एजेन्सी । सिरियाली विद्रोही समूहले मुलुकको तेस्रो सबैभन्दा ठूलो सहर होम्स कब्जा गरेको छ । इस्लामिक विद्रोही समूहले सिरियाको होम्स सहर पूर्णरूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको हो ।
इस्लामिक विद्रोही समूहका नेता गोलानीले ‘होम्स सहर पूर्ण नियन्त्रणमा रहेको र यो ऐतिहासिक क्षण भएको दाबी गरे । यसअघि सिरियाली रक्षा मन्त्रालयले ‘इस्लामिक अतिवादीहरु होम्स सहर प्रवेश गरेको खबर निराधार रहेको बताएको थियो ।
बीबीसीका अनुसार राजधानी दमास्कस नजिकका उपनगरहरु एक पछि अर्को गर्दै विद्रोहीको कब्जामा गइरहेको छ । विद्रोहीले होम्समा कब्जा जमाएको खण्डमा राष्ट्रपति बशर अल असदको शासन संकटमा परेको रुपमा बुझ्नुपर्ने विश्लेषण बीबीसीले गरेको छ ।
विद्रोहीहरुले राजधानी कमास्कस नजिकै पुगिसकेको भनी घोषणा गरेसँगै भ्रम र भय दुवैको माहोल सिर्जना भएको छ । लगभग २२ मिलियन जनसंख्या रहेको सिरिया भूमध्य सागरको पूर्वी तटमा अवस्थित छ ।
उत्तरमा टर्की, पश्चिम एवं दक्षिण पश्चिममा लेबनान र इजरायल छन् । यस्तै, पूर्वमा इराक र दक्षिणमा जोडर्नसमेत जोडिन्छ ।
लेबनानमा केही समयअघि मात्रै युद्धविराम लागू भएसँगै इजरायली आक्रणम बन्द भएको थियो । छिमेकमा युद्ध सेलाउन नपाउँदै इस्लामिक विद्रोहीहरुले सिरियामा सत्ता कब्जाको योजनासहित आक्रमण तीव्र पारेको छ ।