बार्सिलोनाले जित्याे स्पेनिस सुपरकपको उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुष २९, सोमबार ०७:३३

काठमाडाैं । स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ । आइतबार राति साउदीको जेदाहस्थित किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीको मैदानमा भएको फाइनलमा  रियल म्याड्रिडमाथि ५-२ को जित निकाल्दै बार्सिलोना च्याम्पियन बनेकाे हाे ।

‘एल क्लासिको’ मा बार्सिलोनाले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

Advertisement

आइतबार राति सुरुवाती अग्रता भने रियल म्याड्रिडले लिए पनि बार्सिलोनाको सानदार पुनरागमन रोक्न रियल असफल भयो ।

खेलको पाँचौ मिनेटमा काउन्टर याट्याकमा भिनिसियस जुनियरको पासलाई केलियन एम्बाप्पेले गोल गर्दै बार्सिलोना विरुद्ध सुरुवाती अग्रता दिलाएका थिए । लामिन यामलले २२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

३६ औं मिनेटमा पेनाल्टीमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । राफिन्हाले ३९ औं मिनेट टिमका लागि तेस्रो गोल गरे ।  इन्जरी समयको अन्तिम मिनेटमा अलेजान्द्रो बाल्देले टिमका लागि चौंथो गोल गर्दै पहिलो हाफमै बार्सिलोनालाई बलियो अवस्थामा पुर्याए ।

राफिन्हालेनै व्यक्तिगत दोस्रो तथा टिमका लगि पाँचौं गोल दाेस्राे हाफमा गरे ।

बार्सिलोना ५७ औं मिनेटमा गोलरक्षक वजसिएच सेजसनीले रातो कार्ड खाएसँगै १० खेलाडीमा समेटियो । सोही मुभमा रियल म्याड्रिडका रोड्रिगोले फ्रिकीकमा गोल गर्दै टिमालई २-५ को अवस्थामा ल्याएका थिए ।

clockप्रकाशित मिति:  २०८१ पुष २९, सोमबार ०७:३३
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.