निर्णय खारेजको माग गर्दै आवासीय चिकित्सकहरू सडकमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १६, बुधबार १५:४१

काठमाडौं । चिकित्सकलाई दिने निर्वाह भत्ताबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले संयुक्त रुपमा गरेको निर्णयविरूद्ध आवासीय चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईबीच निर्वाह भत्ताका विषयमा भएको ३ बुँदे निर्णय खारेजीको माग गर्दै उनीहरु सडकमा उत्रिएका हुन् ।

Advertisement

मंगलबारदेखि आन्दोलन सुरु गरेका विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरूले बुधबार माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

clockप्रकाशित मिति:  २०८१ माघ १६, बुधबार १५:४१
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.