अमेरिकी अनुदान रोक्ने निर्णय तत्कालका लागि स्थगित

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १७, बिहीबार १२:३६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको अनुदान सहायता रोक्ने निर्णय स्थगित भएको छ ।

विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउसले पनि स्थगित गरेको हो ।

Advertisement

राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहणपछि विदेशी मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णय गरेका थिए ।

त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

यो निर्णयले अमेरिकी सरकारको सहायतामा पर परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको थियो ।

clockप्रकाशित मिति:  २०८१ माघ १७, बिहीबार १२:३६
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.