विराटनगर । अमेरिकाको वासिङ्टन डीसीमा प्लेन र हेलिकप्टर ठाेक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जना सवार रहेका अमेरिकन एयरलाइन्सको विमान अमेरिकी सेनाकाे हेलिकोप्टरसँग ठाेक्किएर समुन्द्रमा खसेको थियो । हेलिकप्टरमा तीन जना सवार थिए ।
समुन्द्रबाट ३० जनाको शव निकालिएको बीबीसीले जनाएको छ ।
जेट क्यान्ससबाट वासिङ्टन आउँदै गरेको अमेरिकन एयरलाइन्सको सीआरजे ७००० बम्बार्डियर जेट र अमेरिकी सेनाको ब्ल्याकहक हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो । हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको एजेन्सीहरूले उल्लेख गरेका छन् ।
घटनामा संलग्न अनुसन्धानर्मीहरूले हेलिकोप्टर किन त्यो उचाइमा उडेको थियो भन्ने विषयमा सोधपुछ गरिरहेको बताइएको छ ।