विमान दुर्घटना : कोही पनि जीवित भेटिएनन्, ६७ जनाकै मृत्युको आशंका

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार ०७:३९

एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा रेगन नेसनल एयरपोर्टनजिकै अमेरिकी एयरलाइन्सको विमान र सेनाको ब्ल्याक हक हेलिकप्टर ठोक्किएर दुर्घटनामा परेकाहरु हालसम्म जीवित भेटिएका छैनन् ।

बिचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको जहाज र सेनाको हेलिकोप्टर ठोक्किँदा बुधबार राति दुर्घटना भएको थियो । जहाजमा चालक दलका ४ सदस्यसहित ६४ जना र हेलिकप्टरमा ३ जना अमेरिकी सैनिक सवार थिए ।

Advertisement

विभिन्न सञ्चारमाध्यमका अनुसार हालसम्म ४० जनाभन्दा बढीको शव फेला परिसकेको छ । जहाजको फ्लाइट डाटा रेकर्डर (ब्ल्याक बक्स) पनि फेला परेको छ । बीबीसका अनुसार हालसम्म कोही पनि जीवित फेला नपरेका कारण सबै जना (६७ जना)कै मृत्यु भइसकेको आशंका गरिएको छ ।

दुर्घटना भएको दृश्यलाई केही क्यामेराले कैदसमेत गर्न भ्याएका थिए। जसमा विमानस्थलमा हवाईजहाज अवतरण गर्ने तयारीमा रहेको र हेलिकोप्टरसँग ठोक्किएको देखिन्छ ।

दुर्घटना भएपछि विमानका २ वटा टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । तेज हावा, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाइ भइरहेको छ।

दुर्घटनापछि रेगन एयरपोर्टले तत्कालका लागि सबै उडान स्थगित गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा रेगन एयरपोर्टको दुर्घटनाका बारेमा जानकारी पाएको उल्लेख गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘मृतकका आत्मालाई भगवानले शान्ति प्रदान गरून्।’

अमेरिकामा यस किसिमको दुर्घटना निकै दुर्लभ मानिन्छ। यसअघि सन् २००९ मा यस्तै दुर्घटना भएको थियो । त्यो बेला न्युयोर्कको बफेलोमा विमान अवतरण हुँदा दुर्घटना भएर ५० जनाले ज्यान गुमाएका थिए।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.