अमेरिकामा फेरि अर्को जहाज दुर्घटना

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १९, शनिबार १२:५३

एजेन्सी । अमेरिकामा फेरि अर्को जहाज दुर्घटना भएको छ । जहाज र हेलिकप्टर ठोक्किएर भयानक दुर्घटना भएको २ दिनपछि अर्को दुर्घटना हुन पुगेको हो ।

अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगोको मुस्लो देखिएको छ ।

Advertisement

जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार सबै मृत्यु भएको हुनसक्ने आशंका गरेको छ । विमानमा चालक दलका ४ सदस्य, एक बालरोगी र उनका अभिभावक थिए । उनीहरु मेक्सिकोको तिजुआनामा आफ्नो घर जाँदै थिए ।

लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको र स्थानीय समयानुसार साँझ ६ः३० बजेतिर दुर्घटनाग्रस्त भएको जनाइएको छ । घटनापछि आपतकालीन सेवाहरू घटनास्थलमा आगो निभाउन सक्रिय भएका थिए ।

विमानले उक्त क्षेत्रका धेरै भवनहरू र कारहरूलाई ठक्कर दिएको थियो । यद्यपि, क्षतिको थप विवरण आइसकेको छैन । गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डिसीमा अमेरिकी एयरलाइन्सको विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.