विराटनगर । सुन्दा अचम्म लाग्न सक्छ, एक नाबालकका तीन बुबा र एक आमा छन् ।
६ वर्ष लामो कानुनी लडाइपछि ब्राजिलको एक अदालतले तीन बुबा र एक आमाको सन्तानलाई कानुनी मान्यता दिएको छ ।
एस्पिरिटो सान्तो राज्यको अदालतले तीन बुबा र एक आमाको सन्तानको रूपमा आधिकारिक रूपमा दर्ता हुने अधिकार दिएको हो ।
दश वर्षका रहेका बालकको तर्फबाट मुद्दा लडेकी वकिल आना पाउला मोरबेकले सीएनएनलाई बताए अनुसार अब बच्चाले तीन बुबा र एक आमाले कानुनी मान्यता पाएका छन् ।
बालकका जैविक आमाबाबुको सम्बन्धविच्छेद भयाे । त्यसपछि उनका बुबा, काका र महिलाको अर्का पतिले बच्चाको हेरचाह गरे । जसले गर्दा बालकसँग भावनात्मक सम्बन्ध बन्यो,’ उनले भनेकी छिन,‘ जैविक आमाबाबुको सम्बन्धविच्छेद पछि बच्चा आफ्नो काका र आमाको पति पतिसँग बस्न गए । उनीहरूले उनको स्वास्थ्य, शिक्षा, खाना, मनोरञ्जनको ख्याल राखे, र उनीहरूले उनको स्वस्थ विकासको लागि सबै माया र सुरक्षा पनि दिए ।’
बालक स्कूल जान थालेपछि उनले तीन बुबा रहेको बताए । बालकले तीन जना बुबा दाबी गरेपछि यसलाई प्रशासनले मान्यता दिएन । त्यसपछि यो मुद्दा अदालतमा अदालतले बाच्चाको इच्छा अनुसार तीन जना बुबा र एक जना आमा रहने मान्यता दिएको थियो ।
अदालतले यो आदेश गत जनवरी २१ मा दिएको थियो । अदालतले बच्चाको इच्छा अनुसार आदेश दिएका समाचारमा जनाइएको छ ।
ब्राजिलले सन् २०१० देखि समलिङ्गी धर्मपुत्रलाई पनि कानुनी मान्यता दिएको थियो ।