डोनाल्ड ट्रम्पको निर्णयमा चीन असन्तुष्ट

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार १३:४७

एजेन्सी । चीनबाट आयात हुने सामानमा १० प्रतिशत बढी कर लगाउने अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्पको निर्णयमा चीन असन्तुष्ट देखिएको छ ।

ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी कर लगाउने कार्यकारी आदेशमा शनिबार हस्ताक्षर गरेका थिए । उक्त आदेशसँगै चीन रुष्ट बनेको छ । असन्तुष्टि जनाउँदै चीनले विरोध गरेको हो ।

Advertisement

ट्रम्पले क्यानडा, मेक्सिको र चीनका आयातमा कर लगाइएको घोषणा गरेका थिए । ह्वाइट हाउसले चीनबाट हुने सबै आयातमा विद्यमान भन्सारभन्दा माथि १० प्रतिशत कर लगाउने उल्लेख गरेको छ ।

तर, चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको उक्त निर्णयप्रति सहमत हुन नसकिएको जनाएको छ । विज्ञप्ति जारी गरी चीनले असन्तुष्टि जनाएको हो । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले व्यापार युद्धमा कुनैपनि जित नहुनेमा चीन सधैं विश्वास गर्ने बताए । साथै, आफ्नो राष्ट्रिय हितको रक्षा गर्न अडिग रहेको उनले उल्लेख गरेका छन् ।

वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले भन्सारको मुद्दामा चीन अडिग रहेको विषय उठाएका छन् । चीनबाट आयात हुने सामानमा १० प्रतिशत बढी कर लगाएको अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा पनि २५ प्रतिशत कर लगाएको छ ।

clockप्रकाशित मिति:  २०८१ माघ २०, आइतबार १३:४७
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.