भारतमा ४८ तीर्थयात्री बोकेको बस दुर्घटना

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २०, आइतबार १३:५४

एजेन्सी । भारतको गुजरातमा ४८ जना तीर्थयात्री बोकेको बस आइतबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १७ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर सबै यात्रु घाइते भएका थिए । तर, १७ जनाबाहेक अरुको अवस्था सामान्य रहेको अधिकारीहरुले जनाएका छन् । चालकले नियन्त्रण गुमाउँदा बिहान ४ः१५ बजेतिर बस दुर्घटनामा परेको हो । बस सडबाट करिब ३५ फुट तल खसेको थियो ।

Advertisement

दुर्घटनामा परेर २ महिला र ३ जना पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरुलाई उपचारका लागि अहवास्थित अस्पतालमा भर्ना गरिएको भारतीय प्रहरीले जनाएको छ । बस तीर्थयात्रीलाई लिएर गुजरातको द्वारका जाँदै थियो ।

उनीहरु मध्यप्रदेशका गुना, शिवपुरी र अशोकनगर जिल्लाका थिए । भारत उत्तरप्रदेशको प्रयागराजमा लागेको कुम्भ मेलाबाट फर्किरहेका नेपाली सवार जिप मधुवनीमा दुर्घटना हुँदा शनिबार ५ जनाको मृत्यु भएको थियो ।

clockप्रकाशित मिति:  २०८१ माघ २०, आइतबार १३:५४
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.