भवन भत्कियो, १२ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २१, शनिबार २०:०७

एजेन्सी । पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा ठूलो मानवीय क्षति भएको छ । कम्तीमा १२ जनाको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

भग्नावशेषमा खोजी गर्ने क्रममा शनिबार थप ३ जनाको शव फेला परेको छ । उद्धारमा खटिएका अधिकारीहरूले कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा ६ तले आवासीय भवन भत्किएको बताएका छन् ।

Advertisement

उद्धार अधिकारीहरूले ५ महिलासहित ९ जनालाई घाइते अवस्थामा उद्धार गरेका छन् । घाइतेहरुको उपचार भइरहेको छ । कराँचीका मेयर ब्यारिस्टर मुर्तजा वहाबले करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको बताए ।

उनका अनुसार पुरिएकाहरुको उद्धार जारी छ । उनले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.