अमेरिकामा आजदेखि नयाँ करकाे दर

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण १६, शुक्रबार ०९:२३

विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि लागु हुने गरी नयाँ करका दरहरु सार्वजानिक गरेका छन् । १ अगस्टदेखि लागु हुने गरी नयाँ करहरु निर्धारण गरेका हुन् ।

अमेरिकाले केही मुलुकहरुमा भारी मात्रामा कर लगाउने आफ्नो निर्णयलाई कायम राख्दा गरीब र अफ्रिकन साना मुलुकहरुमा भने घोषित कर घटाएका छन्। ट्रम्पले छिमेकी राष्ट्र क्यानडाका लागि करको दर ३५ प्रतिशत निर्धारण गरेका छन् ।

Advertisement

ट्रम्पले उच्च ट्यारिफ लगाएका देशहरु
सिरिया – ४१% महसुल लगाइएको छ । यो अत्यन्तै उच्च दर हो ।

लाओस र म्यानमार – दुबै देशमा ४०% महसुल लगाइएको छ।

स्विट्जरल्यान्ड – ३९% महसुल तोकिएको छ ।

इराक र सर्बिया – दुबै देशमा ३५% महसुल लगाइएको छ।

अल्जेरिया, बोस्निया एण्ड हर्जेगोभिना, लिबिया र दक्षिण अफ्रिकालाई ३०% महसुल लगाइएको छ ।

महसुल घटाइएका देशहरू:

अंगोला: ३२% ⟶ १५%
बंगलादेश: ३७% ⟶ २०%
बोस्निया एण्ड हर्जेगोभिना: ३५% ⟶ ३०%
बोट्स्वाना: ३७% ⟶ १५%
कम्बोडिया: ४९% ⟶ १९%
युरोपेली संघ (इयू): २०% ⟶ १५% (अधिकांश सामानहरूमा)
फकल्याण्ड टापु: ४१% ⟶ १०%
गुयाना: ३८% ⟶ १५%
इन्डोनेशिया: ३२% ⟶ १९%
ईराक: ३९% ⟶ ३५%
इजरायल, जापान, जोर्डन, क्यामरून, चाड, नामिबिया, जाम्बिया, जिम्बाब्वे लगायत धेरै देशहरूमा महसुल १५% मा घटाइएको छ।
भारत: २६% ⟶ २५%
म्यानमार: ४४% ⟶ ४०%
लाओस: ४८% ⟶ ४०%
स्विजरल्याण्ड: ३१% ⟶ ३९% (केहीमा बढाइएको)

केही देशमा महसुल बढाइएको छ:
ब्रुनेई: २४% ⟶ २५%
फिलिपिन्स: १७% ⟶ १९%

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.