परीक्षा र प्रकाशको ‘सोल्टिनी’ भाइटीकादेखि दर्शकमाझ

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन ३०, बिहीबार १०:३२

काठमाडौं । आगामी कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘सोल्टिनी’ को ट्रेलर काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ।

ट्रेलरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बु को प्रेम कथालाई मुख्य विषयवस्तु बनाइएको छ। ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबीचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ। कथा मुख्यतः अभिनेत्री परीक्षा लिम्बुको वरिपरि केन्द्रित रहेको र उनी र अभिनेता प्रकाश सपुतबीचको प्रेम नै चलचित्रको मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ। यसमा एक ‘अर्ग्यानिक नेपाली प्रेमकथा’ प्रस्तुत गरिएको छ, जहाँ सामाजिक र पारिवारिक अप्ठेराहरूका बीच प्रेम अङ्कुरित भएको देखाइएको छ।

काठमाडौंमा आयोजित उक्त ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्देशक अर्जुन सुवेदी, मुख्य कलाकार प्रकाश सपुत, परीक्षा लिम्बु, विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ लगायतको उपस्थिति थियो।

चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् भने लेखनमा अर्जुन र कुमार भट्टराई रहेका छन्। प्रकाश सपुत र परीक्षा लिम्बुसँगै चलचित्रमा सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको सशक्त आवाज उठाउने उद्देश्य लिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×